चार हजार पूर्व विद्यार्थीको पर्व बन्दै डेडीथुम्काको शिक्षा सम्मेलन

महादेवस्थान÷आगामी जेठ १५ गते डेडीथुम्का माध्यामिक विद्यालय मण्डनदेउपुर–९ को शिक्षा सम्मेलन किन र कसको लागि । त्यसको सहज उत्तर छ कम्तिमा पनि चार हजार पूर्व विद्यार्थीका लागि । कुनै समयको शैक्षिक हवको रुपमा रहेको मण्डनदेउपुरस्थित डेडीथुम्का माध्यामिक विद्यालयका पूर्व विद्यार्थीले डेडीथुम्काका लागि केही गरौ भन्ने अभियानको रुपमा शिक्षा सम्मेलनको आयोजना गर्न लागेको उल्लेख गरेका छन् । त्यसका लागि निर्माण भएका मुल आयोजक समिति र उपसमितिले आफ्नो काम सुरु गरेको मुल आयोजक समितिका संयोजक कश्यपप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुुसार सो विद्यालयका पूर्व विद्यार्थीहरुको तथ्याङ्क संकलन गरेर निमन्त्रणा पठाउने काम भैरहेको छ ।
सकेसम्म फोन, सामाजिक संञ्जालको प्रयोग गरेर सबै पूर्व विद्यार्थीलाई निमन्त्रणा पठाउने कार्य भैरहेको र त्यसको लागि मूल आयोजक समितिले काम गरिरहेको पौडेलले बताउनुभयो । उहाँले शिक्षा सम्मेलन एक जनाको मात्रै नभएर डेडीथुम्काका सबै पूर्व विद्यार्थीहरुको साझा कार्यक्रम रहेको बताउनुभयो ।
त्यसका लागि मण्डनदेउपुर नगरपालिका, ईन्द्रावती गाउँपालिका,मेलम्ची नगरपालिका, पाँचखाल नगरपालिकामा सम्पर्क व्यक्ती बनाएर र हरेक एसएलसी समुहका कम्तिमा एक जना विद्यार्थीलाई समन्वय गर्ने जिम्मेवारी दिएर सकेसम्म धेरैभन्दा धेरै उपस्थित गराउने लक्ष्य मुल आयोजक समितिले लिएको छ ।
पूर्व विद्यार्थीहरुले समृद्ध मण्डनदेउपुर साझा अभियान बोकेर जेठ १५ डेडीथुम्काको शिक्षा सम्मेलनको आयोजना गर्न लागेको सचिवालय सदस्य गोकुल गौतमले जानकारी दिनुभयो ।
उहाँले बिस २०५२ का एसएलसी व्याचका विद्यार्थीले कृयाशिलतामा स्थापना भएको डेडीथुम्का फाउण्डेशनको सकृयता र मण्डनदेउपुर नगरपालिकाको सहयोगमा शिक्षा सम्मेलन हुन लागेको हो बताउनुभयो । सम्मेलनका लागि मूल आयोजक समिति,सचिवालय र विभिन्न उपसमितिका बैठक बसेको उहाँले जानकारी दिनुभयो ।
खस्कँदै गएको सामुदायिक विद्यालयको शिक्षा सुधार्न विद्यालयका पूर्व विद्यार्थीले कस्तो भुमिका निर्वाह गर्न सक्छन् र समृद्ध मण्डनदेउपुर बनाउन शिक्षाले कस्तो भुमिका खेल्छ भन्नेबारेमा सम्मेलनको आफ्नो प्रमुख एजेण्डा बनाएको छ । कुनै समयको काभ्रेपलाञ्चोक जिल्लाकै अनुकरणीय विद्यालय डेडीथुम्का माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले ज्ञान, सिप र क्षमतालाई एकिकृत गरी डेडीथुम्का र नगरको समग्र विकास प्रकृयामा योगदान पु¥याउन साझा थलोको विकास गर्ने उदेश्यले राखेर शिक्षा सम्मेलनको गर्न लागेका छन् । गणतन्त्र दिवसको अवसर पारेर हुने सम्मेलनमा कम्तिमा एक हजार पाँच सय विद्यार्थी सहभागी हुने अपेक्षा मूल आयोजक समितीको छ । संयोजक कश्यपप्रसाद पौडेलले सबैको सहभागिता र साझा एजेण्डा नै मुख्य ध्येय रहेको बताउनुभयो । उहाँले सबैको सहयोगले मात्रै सम्मेलन सफल हुने र त्यसले आफ्नो लक्ष्य र उदेश्य हासिल गर्न सक्नेमा उहाँले जोड दिनुभयो ।
आगामी जेठ १५ गते मण्डनदेउपुर नगरपालिकाको सभाहलमा आयोजना हने डेडीथुम्का शिक्षा सम्मेलनको तयारी तिव्र गतीमा अघि बढेको छ । डेडीथुम्का माध्यामिक विद्यालयमा एसएलसी परीक्षामा सहभागी हुने प्रथम व्याच देखी हालसम्म तथा भविस्यमा समेत एसईइमा सामेल हुनेसम्मेलनबाट प्राप्त उपलब्धीलाई नगरपालिकालाई शैक्षिक सुधारका लागि विशिष्ट सुझाव तथा सिफारिसहरु उपलव्ध गराउने लक्ष्य लिइएको छ । पुर्व विद्यार्थीहरुको विशिष्ठ क्षमताको पहिचान गरी नगरको विकास प्रकृयामा नविनतम कार्यक्रम सन्चालन गर्न योगदान पु¥याउने लक्ष्य राखिएको छ ।
सम्मेलनका सहभागीहरु श्री डेडीथुम्का मा.वि का प्रथम व्याच देखि २०८१ साल सम्म एसएलसी÷एसईइ मा सामेल पुर्व विद्यार्थीहरु रहनेछन् । सम्मेलनमा सहभागी हुन प्रि—रजिष्टेशन गर्नुपर्ने भएको छ । त्यसका लागि पाँच सय रुपियाँ शूल्क बुझाउनुपर्नेछ ।
सो कार्यलाई सहज बनाउन ११ सदस्यीय सचिवालय गठन भएको छ । सचिवालयमा संयोजक कश्यप प्रसाद पौडेल संयोजक मुल आयोजक समिति, सदस्य गोकुल गौतम संयोजक, कार्यपत्र तयारी उप समिति, टोम प्रसाद सापकोटा संयोजक, घोषणापत्र तयारी उप समिति, सदस्य सचिव राजन प्रसाद पराजुली सदस्य सचिव, प्रवक्ता, बलराम सापकोटा प्रवक्ता ,आयोजक समिति, झलक प्रसाद पौडेल संयोजक, अग्रज सम्मान उप समिति, यदुनाथ देउपुरे संयोजक, प्रचारप्रसार उप समिति, काशिनाथ नेपाल मण्डनदेउपुर नगरपालिका मिरा सापकोटा संयोजक, संगठन तथा सदस्य विस्तार उप समिति, शिव प्रसाद पौडेल प्राचार्य, डेडीथुम्का मा.वि र अम्विका हमाल ठकुरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया