हेभी इक्विपमेन्ट व्यवसायी महासंघमा नयाँ नेतृत्व

बनेपा÷ हेभी इक्विपमेन्ट व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्यवसायीले निर्माण क्षेत्रमा हेभी इक्विपमेन्ट मेसिनरीहरुको योगदान महत्वपूर्ण रहेकाले हेभी इक्विपमेन्ट व्यवसायलाई सरकारले प्राथमिकता राख्नुपर्नेमा जोड दिएका छन् । मन्त्री चौरासियाले पनि हेभी इक्विपमेन्टकै माध्यमबाट विकास निर्माणको काममा सहज हुने र समयमै हुने बताउँदै हेभी इक्विपमेन्ट व्यवसायीहरुको हितमा काम गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाउनुभयो । उहाँले आर्थिक मन्दीको मार सबै क्षेत्रमा परेजस्तै निर्माण क्षेत्रमा पनि परेको बताउँदै क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले इक्विपमेन्ट मेसिनरीहरुको योगदान महत्वपूर्ण रहेकाले हेभी इक्विपमेन्ट व्यवसायलाई सरकारको ध्यानाकर्षण गराउनुभयो । ै नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार तथा अग्रज निर्माण व्यवसायी रमेश शर्माले विकासमा सरकारको गलत नीति रहेको बताउदै सुधार गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छाली, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज), निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, पेट्रोलियम डिलर एसोसिएसन महासंघका महासचिव विश्वप्रसाद अर्याल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष ताराबहादुर कुवँर लगायतले सम्बोधन गर्नुभयो । वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा, महासचिव सुरेश खत्रीले महासंघका गतिविधिहरुका बारेमा धारणा राख्नुभएको थियो ।
उमाकान्तको अध्यक्षतामा नयाँ समिति
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्विरोध हुनुभएको छ । बन्दसत्रले बरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा र तृतीय उपाध्यक्षमा जयबहादुर महासचिवमा मेजर शमशेर कँुवर (महेश), उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल र शेरबहादुर कँुवर चयन हुनुभएको छ ।
कोषाध्यक्ष खिन्त बहादुर भण्डारी (भरत) सहकोषाध्यक्षमा दानबहादुर बोगटीलाई चयन गरेको हो अधिवेशनले प्रदेश प्रमुखहरु पनि चयन गरेको छ । बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा र सुदुर पश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर चयन हुनुभएको हो ।
कार्यसमिति सदस्यहरुमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह बठैला, भीमसेन क्षेत्री (भिम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दिपक पाण्डे, खड्गबहादुर कार्की, निलबहादुर श्रेष्ठ, पंकज अधिकारी, रामचन्द्र प्रधनाङग, अरुण शर्मा, संजिव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश गौतम, संजिव कार्की र लक्ष्मण बुढाथोकी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया