पनौती–५ सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरको प्राण प्रतिष्ठा गरिएको तेश्रो बर्षको अवसरमा धार्मिक अनुष्ठान गरिने भएको छ । वैशाख ७ देखि ९ गतेसम्म तृतीय ब्रम्होत्सवको आयोजना गर्न लागिएको हो ।
स्वर्गिय युगपुरुष र सुब्बागाउँ विकासको परिकल्पनाकार गोपालबहादुर थापाको सपनालाई साकार पारिएको सो मुक्तीनाथ मन्दिरमा तृतीय ब्रम्होत्सवको आयोजना गर्न लागिएको हो । एउटा मान्छेको सपना पुराहुँदा त्यो धार्मिकस्थलमा परिणत मात्रै हुँदैन जुगौ जुगसम्म पनि कायम रहन्छ भन्ने उदाहरण पनि सोही मन्दिरले प्रदान गरिसकेको छ । पनौती–५ सुब्बा गाउँमा रहेको मुक्तिनाथ मन्दिरको स्थापना तीन बर्षमा हजारौं धार्मिक पर्यटकले भ्रमण गरिसक्नु भएको छ । भगवान मुक्तीनाथको आर्शिवाद ग्रहण गरिसक्नुभएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाकै प्रसिद्ध धार्मिकस्थलको पहिचान बनाएको मुक्तिनाथ मन्दिर पनौती सुब्बागाउँ कल्पनाकार गोपालबहादुर थापा हामीमाझ नभएपनि मुक्तिनाथ मन्दिर झै हामी माझ आर्शिवाद दिएर बसिरहनु भएको छ ।
२०७८ असोज २५ गते सोमबारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको उक्त मन्दिरमा स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको थियो भने मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै गरिएको थियो । ‘मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रूपमा स्थापना गरिएको यो दोस्रो मन्दिर हो । तीन तल्ले यो मन्दिरमा आवश्यक पर्ने विभिन्न संरचना निर्माण गरिएको छ । मुक्तिनाथ धाममा नियमित पूजाको विधि गरिएको छ । विभिन्न क्षेत्रबाट मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरुको संख्यामा उल्लेख्य बृद्धी भएको छ ।
संस्थापक अध्यक्ष स्व. गोपालबहादुर थापाको परिकल्पना अनुसार निर्माण गरिएको मुक्तिनाथ मन्दिरको प्राण प्रतिष्ठान गरिएको दुई वर्ष पूरा भएको छ अध्यक्ष कुमार थापाले भन्नुभयो–‘पनौतीको ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रलाई मुक्तिनाथ मन्दिरले थप प्रसिद्धि बनाएको छ ।’
थापाले ब्रह्मोत्सवको अवधिमा विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्करारोपण, ब्राह्मणवरण, अग्नि प्रतिष्ठा, ध्वजारोण गरिने उल्लेख गर्नुभयो । द्वारतोरणपुजनम, चतुस्थानार्चन, नित्य होम, निय पूर्णाहुति गरिनेछ । मध्यान्ह १२ बजे पछि श्रीदेवी, भूदेवी वल्लभ श्री मुक्तिनाथ भगवानको यात्रोत्सवका लागि नगर परिक्रमा गराइनेछ ।
नित्य पूजा, पूर्णाहुति सके पछि मध्यान्ह १२ बजे देखि १०८ कलशद्वारा श्रीदेवी, वल्लभ मुक्तिनाथ भगवानको महाभिषेक, पुष्पयागम, द्धाद्धशाराधना, सप्तावरणम, ध्वजारोहण, सम्भावना गरिनेछ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले २०७३ साल मसिर २ गतेबाट मन्दिर निर्माणका लागि संस्थापक अध्यक्ष गोपालबहादुर थापाले सप्ताह मार्फत कार्य प्रारम्भ गर्नु भएको थियो । २०७४ असोज २५ गते स्वामी कमलनयनाचार्यद्वरा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिर निर्माण कार्य कोरोना महामारीको कारण चार वर्ष पछि धकेलिएको थियो ।
वडा अध्यक्ष बिनोद खत्रीले आफ्नो बडामा ऐतिहासिक धामको निर्माण भएको उल्लेख गर्नुभयो । उहाँले आफूले ब्रह्मोत्सवका लागि सकेको सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्राचीन मन्दिर नै मन्दिरले भरिभराउ पनौतीमा एक ऐतिहासिक मठ मुक्तिनाथ मन्दिर थप भएको तेश्रो बर्षसँगै त्यहाँ तृतीय ब्रम्होत्सवको आयोजना गर्न लागिएको हो । २०७४ असोज ४ मा शिलान्यास भएर निर्माण सुरु गरिएको मन्दिरको औपचारिक रुपमा २०७८ सालबाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । पनौती नगरपालिका ५ निवासी स्वर्गिय गोपालबहादुर थापाको पकिल्पनाअनुसार उक्त मन्दिर निर्माण भएको हो । थापाक कै अगुवाईमा २०७३ सालमा महायज्ञ लगाएको थियो । सो महायज्ञबाट उठेको ५८ लाख रकमले मन्दिर निर्माणको प्रक्रिया अघि बढेको थियो ।
उहाँको एउटा सपना पुरा भएर ऐतिहासिक धरोहरको रुपमा रुपान्तरण भएसँगै स्थानीय बासिन्दा मुक्तीनाथ मन्दिरले सदैव आसिक प्रदान गरेको महसुस गर्छन् । मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा पुगेर दर्शन गर्न नसक्ने अशक्त, वृद्धलगायत अन्य भक्तजनलाई लक्षित गर्दै मुक्तिनाथ बाबाकै सल्लाहमा मन्दिर स्थापना गरिएको हो । मुक्तिनाथ मन्दिर ६ रोपनी परिसरभित्र १ सय ८ धारा, २ वटा पाटी, पूजारी घर, शौचालय, महिला र पुरुषका लागि कपडा फेर्ने अलग–अलग कक्ष, पार्किङको समेत व्यवस्थापन गरिएको छ ।
तपाईको प्रतिक्रिया