धुलिखेल नगरपालिका वडा नं ३ नयाँबस्तीका स्थानीय शक्तेश्वर महादेवको मन्दिरको जिर्णोद्धार, सामुहिक भवन तथा सतल निर्माण र मन्दिर परिसर क्षेत्रमा तारबार लगाउन सामुहिक प्रयासमा जुटेका छन् ।
आफ्नो गाउँको आस्था र विश्वासको धरोहर शक्तेश्वर महादेवको मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउन स्थानीयले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेका हुन् । वैशाख १ देखि ९ सम्म शक्तेश्वर महादेवको मन्दिरको प्राङ्गणमा हुने महायज्ञमा सहभागी भएर पुण्य कमाउन आयोजकले सबैमा अनुरोध गरेका छन् ।
युवा पंण्डित अश्विन कौण्डिन्य पराजुली मुख्य वाचक तथा उपवाचक पण्डित सुरज सापकोटाको मुखराविन्दबाट वाचन हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी भैरहेको आयोजकले जनाएका छन् ।
शक्तेश्वरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन महायज्ञ
2025-04-10T11:13:13+05:45
तपाईको प्रतिक्रिया