बासको झ्याङ्मा बस अडिदा ठूलो क्षति हुनबाट जोगियो
मंगलटार÷रोशी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटनामा परेर ११ जना यात्रु घाईते भएका छन् । बिपी राजमार्ग अन्तरगत रोशी गाउँपालिका वडा नं ९ दाउन्नेमा काठमाडौंबाट रामेछाप जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको हो । बस चिप्लिएर बासको झ्याङमा परेर ठूलो क्षति हुनबाट जोगिएको छ ।
ईलाका प्रहरी कार्यालय मंगलटारले दिएको जानकारी अनुसार प्रदेश ३–०१–००६ ख १३३९ नंम्बरको बस बर्षाको कारणले ब्रेक फेल भएर चिप्लन गई दुर्घटना भएको हो । प्रहरीले बर्षाको कारणले ब्रेक नलागी चिप्लन गएको भनेर जानकारी गराएपनि हालसम्म सो सवारीको प्राविधिक परीक्षण भने गरिएको छैन । दुर्घटनामा बसमा सवार १५ जनामध्ये ११ जना घाईते भएको जनाइएको छ ।
प्रहरीका अनुसार जिल्ला सोलु लिखुपिके गा.पा. ३ बस्ने बर्ष ७३ की सुन्तली बि.क. टाउकोमा चोट लागेको र वस्था गम्भिर) रहेको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने बर्ष ७० को छत्र ब. बि.क. टाउकोमा चोट भएर घाईते भएका छन् । रामेछाप मन्थली न.पा. ९ बस्ने बर्ष अ. ३४ को रामशरण बि.क. टाउको र दाहिने पातोमा चोट, बनेपा न.पा.१३ बस्ने बर्ष ३३ कि सिता श्रेष्ठ टाउको ठोकिएको, रामेछाप गोकुलगंगा गा.पा.१ बस्ने बर्ष अ. २७ को पुजन श्रेष्ठ बाया करङ ठोकिएको, जिल्ला काठमाण्डौ नागार्जुन न.पा.९ बस्ने बर्ष अ. ३५ को कुमुद देबकोटा टाउको र ढाडमा चोट, जिल्ला भक्तपुर चागुनारायण न.पा.४ बस्ने बर्ष ६२ को जनक बुढाथोकी नाकमा चोट, जिल्ला रामेछाप गोकुलगंगा गा.पा.५ बस्ने बर्ष ३५ को पदम सुनुवार टाउकोमा चोट, जिल्ला रामेछाप बाम्तिभण्डार बस्ने बर्ष ५० को ङावा सेर्पा करङ ठोकिएको ऐ.ऐ.बस्ने निजको छोरा बर्ष १० को ङिमा सेर्पा नाकमा चोट र जिल्ला रामेछाप गोकुलगंगा गा.पा.३ बस्ने बर्ष २० कि सुजता सुनुवार घाईते भएका छन् । घाईतेमध्ये केहीको प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको छ । केहीको उपचार भैरहेको छ ।
तपाईको प्रतिक्रिया