शारदाबतासे÷काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं १० शारदाबतासेका राजेन्द्र थापा उमेरले छ दशकमा प्रवेश गर्दैछन् । लामो समय निजामती सेवामा बिताउनुभएको थापाले पछिल्लो समय गाउँमै परोपकारी काम गरिरहनु भएको छ । कम्तिमा २० लाख रुपियाँ खर्चिएर शिवालय निर्माण गरिरहनु भएको छ । अक्षया तृतीयाको दिन पारेर शिवालयमा प्राण प्रतिष्ठा गर्ने उहाँको योजना छ । त्यसका लागि कुल पंण्डित तथा स्थानीयसँग उहाँले परामर्श गरिरहनु भएको छ ।
शिवभक्त समाजसेवी थापाले शिवालय निर्माण गर्नुभएको पहिलो पटक भने हैन । उहाँको प्रयासमा कैलालीको जोशीपुरमा सोमेश्वरनाथ शिव मन्दिर निर्माण भएको छ । उहाँको प्रयास र सपनालाई साकार बनाउन त्यहाँका स्थानीयले महायज्ञ लगाएर शिव मन्दिर बनाउनुभएको थियो । सो मन्दिरमा हरेक बर्ष हजारौं भक्तालुहरु आउने गर्नुभएको छ ।
लतिलपुरको हात्तिवनमा पनि उहाँकै प्रयासमा सिद्धेश्वर महादेव स्थापना गर्नुभएको छ । त्यहाँका स्थानीयसँगको सहकार्यमा बनाएको शिव मन्दिरमा उहाँको उच्च योगदान र आवश्यक रकम आफै खर्चिनु भएको छ ।
कैलाली,ललितपुरसम्म पुगेर कार्य आफू जन्मेको ठाउँमा गरौं भन्ने उहाँको तिव्र ईच्छा र सपनालाई परिवारले पनि राम्रोसँग साथी दिनु भएको छ । उहाँले आफ्नो गाउँमा शिव मन्दिर बनाएर त्यसमा आवश्यक श्रम आफैले पनि गरिरहनु भएको छ । तीन महिना अघि सुरु भएको मन्दिरको काम सम्पन्न हुने चरणमा छ । सिंचाई विभागको उपसचिव उहाँको धर्मप्रतिको आस्था र शिव भगवानलाई गरेको श्रद्धाको रुपमा तीन वटा मन्दिर बनाउन प्रेरणा मिलेको उहाँले उल्लेख गर्नुभयो ।
राजेन्द्रको परोपकारी काम, बतासेगाउँमा बनाईदिए शिवालयधाम
2025-04-10T10:51:21+05:45
तपाईको प्रतिक्रिया