सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौमा पुगेर आन्दोलनमा सकृयहुँदा काभ्रेपलाञ्चोकको मुटु बनेपाको केन्द्रमा रहेको ज्योति एकेडेमीका शिक्षक भने अभिभावकहरुको गुनासो, सुझाव संकलन एवं नयाँ शैक्षिक सत्रको प्रचार प्रसारका लागि घर दैलो अभियानमा जुटेका छन् । आफ्ना बालबालिकालाई सबैभन्दा राम्रोसँग बुझेको नै अभिभावकले हुने भएकाले ज्योती एकेडेमीका शिक्षकको टोली अभिभावकको घर–घरमा पुगेको हो ।
झट्ट हेर्दा विद्यार्थी बढाउन संस्थागत विद्यालयले गरेको प्रयास जस्तो देखिएपनि आम अभिभावकसँगको गुनासो र सुझाव संकलनको कार्यले शिक्षक र अभिभावकबीच शिक्षामा गुणस्तर कायम गराउन सहयोग पुग्ने अभिभावक राजकुमार तामाङले बताउनुभयो ।
हामी विद्यार्थीको बारेमा बुझ्न विद्यालय धाउँछौ तर हाम्रा छोराछोरीको विद्यालयमा पढाउने शिक्षक शिक्षिका नै विद्यार्थीले हासिल गरेको उपलब्धि र सुधार गर्ने कुरा बोकेर हामीसँग आउनुहुन्छ यो उहाँहरुले उच्च मनोवल र हाम्रा सन्तानको भविष्यप्रति गरेको चिन्ता भएको उहाँले बताउनुभयो ।
उहाँँले आफूहरुले राम्रो स्कूलको छनौट गर्न सकेकोमा खुुसी लागेको बताउनुभयो । हामीले हाम्रा छोराछोरीलाई राम्रो स्कूलमा भर्ना गराएका रहेछौ उहाँले अनुरोध गर्नुभयो तपाईहरु पनि निर्धक्क भएर ज्योती एकेडेमीमा भर्ना गराउनुहोस् ।
ज्योती एकेडेमीले आफूलाई फरक रुपमा पेस गरिरहेको छ । शिक्षा, अतिरिक्त कृयाकलाप र खेलकुलाई एकैसाथ अघि बढाएर बनेपामा मात्रै हैन काभ्रेपलाञ्चोक जिल्लामै उत्कृष्ट बन्ने होडमा लागेको छ ।
विद्यालयका प्रिन्सिपल महेन्द्र बिष्टले बनेपामा फरकशैलीबाट केही गरौ भनेर अभियान चलाएको बताउनुभयो । उहाँले पहिलो चरणमा अभिभावकसँग घर–घरमा पुगेर सुझाव संकलन गरिरहेको उल्लेख गर्नुभयो । अभिभावकले दिनु भएको सकारात्मक प्रतिक्रियाले उर्जा थपिएको बताउँदै अभिभावकले रोज्नु भएको विद्यालयको हिसाबले सबै कुरामा शत प्रतिशत दिने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तपाईको प्रतिक्रिया