मण्डनदेउपुर नगरपालिका वडा नं ९ का अन्जना सापकोटाले भैसी पाल्न थालेको ३२ बर्षभयो । गाईभैसीलाई कसरी खोलो र खानेकुरा खुवाउँदा धेरै आम्दानी हुन्छ भन्ने कुरा उहाँले बल्ल थाहा पाएको बताउनुभयो । एउटा स्वस्थ्य पशुबाट कसरी स्वथ्य र गुणस्तर दुध उत्पादन गर्न सकिन्छ र कुन अवस्थामा कसरी पोषणयुक्त खानेकुरा खुवाउँदा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने ज्ञान पाएको भन्दै उहाँले खुसी व्यक्तगर्नुभयो ।
परम्परागत रुपमा पशुपालन र खेती गर्दै आएका मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोकका महिलाको आम्दानी बढाउन पंञ्चकन्या महिला विकास बहुउदेश्यीय सहकारी संस्थाले नौलो प्रयास थालेको छ । त्यसका लागि अग्रणी महिलालाई समेटेर संस्थाले जिविकोपार्जन तालिम सञ्चालन गरिरहेको छ ।
पशुपालनमा आबद्ध महिलाहरुका लागि संस्थाले बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा पाँच दिने जिविकोपार्जन तालिम संञ्चालन गरिरहेको छ । महिलाहरुको लागि सामाजिक मनोपरामर्शको काम पनि गरिरहेको छ ।
आफ्नै संस्थाको तालिम हलमा पशु सेवा कार्यालय धुलिखेलका अधिकृत उद्धवप्रसाद सापकोटाले तालिमको सहजकीरण गरिरहनु भएको छ । तालिम लिदै गर्नुभएका पशुपालक महिलाहरुले सामान्य सुधार गरेमा मात्रै दुध र मासु उत्पादनमा बृद्धि हुने जानकारी पाएको महसुस गरेको सहभागीले उल्लेख गर्नुभएको छ ।
पशुपालनसँगै घास खेती आवश्यक रहेको र पशुबाट धेरैभन्दा धेरै आम्दानी लिन घाँससँगै खुवाउने तरिकामा परिर्वतन गर्न आवश्यक देखिएको मण्डनदेउपुर–७ को शर्मिला सापकोटाले उल्लेख गर्नुभयो ।
संस्थाको अध्यक्ष अम्बिका हमालले आफूहरुले बचत तथा ऋणको मात्रै कारोबार नगरेको बताउँदै महिलाहरुको जिविकोपार्जन, हिंसामा परेका महिलाहरुलाई बसोबासको व्यवस्थापन(सेभ हाउस) संचालन, सामाजिक सचेतनाको कार्यक्रम गरिरहेको बताउनुभयो ।
सामाजिक विकास कार्यालय धुलिखेलको प्रमुख राममाया फियाकले सामाजिक विकास मन्त्रालयले महिलाको जिविकोपार्जनमा सहयोग गर्ने उदेश्यले तालिम संचालन गरिरहेको जानकारी दिनुभयो । उहाँले जिविकोपार्जन तालिमपछि आम्दानी किसानले बढाउने र बजारीकरणमा सहकारी र स्थानीय तहले भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो । उहाँले महिलाको हरेक समस्याको समाधान सहकारीले गरेको पाईएकोभन्दै सहकारीले गरेको कामको प्रंशसा गर्नुभयो ।
कार्यक्रममा सामाजिक व्यक्तित्व देवेन्द्र सापकोटा, सामाजिक विकास कार्यालय धुलिखेलका मञ्जु कार्की, नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष केशवराज पौडेल, मनोपरामर्शदाता स्वस्तिका ढकाल, सहकारीका रुक्मणी नेपाल, मण्डनदेउपुर नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा कार्यरत जानुका नेपाल, सहकारीको व्यवस्थापक पार्वती दङ्गालको उपस्थिती थियो ।
घाँस र खोलेको महत्व सिक्दै,आम्दानी बढाउँदै
2025-04-07T08:23:24+05:45
तपाईको प्रतिक्रिया