बनेपाको लायकूमा महिला भलिबलको कुम्भ


बनेपा÷मोफसलमा पनि लाखौं रुपियाँको पुरस्कार राशीको भलिबल प्रतियोगिता हुन सक्छ भन्ने सन्देश दिएको छ दोस्रो बनेपा उप–मेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताले ।
बनेपाको लायकुमञ्चमा सोमबारबाट महिला भलिबलको महाकुम्भ नै लागेको छ । आठवटा समुहबीच हुने खेलको प्रथम पुरस्कार राशी नै एक लाख रुपियाँ रहेको छ । उप विजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेश्रो हुने टिमले २५ हजार र चौथो हुने टिमले नगद १० हजार रुपैया प्राप्त हुनेछ आयोजकले जनाएको छ ।
स्पोर्टस क्लव, धुलिखेल नगरपालिका, बुढानिलकण्ठ भलिबल क्लव, बनेपा नगरपालिका वडा नम्वर ९, प्रोफेसनल, पनौती नगरपालिका र बनेपा नगरपालिका, ललितपुर महानगरपालिका र महाभारत गाउँपालिकाले प्रतियोगिता सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले एक कार्यक्रमका बीचमा गर्नुभयो ।
उप–प्रमुख विमला सापकोटाको सभापतित्व रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, बनेपा नगरपालिका वडा नम्बर १ का अध्यक्ष कमल घिमिरे, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, ७ का वडा अध्यक्ष हिटलर शाक्य, ८ नम्बर वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धर, वडा नं ११ का अध्यक्ष शिवराम थापा, वडा नं १२ का अध्यक्ष रामबहादुर कुंबर, वडा न ं १३ का अध्यक्ष राम लाल दुवालवडा नं ९ को कार्यवाहक अध्यक्ष मनिषा तामाङ , वडा नं १० कार्यवाहक अध्यक्ष शुसिल थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पुर्वअध्यक्ष मोतीराम तिमल्सिना, बनेपा भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष एवं काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष विक्रम प्रजापति, प्रशिक्षणका लागि निरन्तर सक्रिय भवानी जोशी लगायतको खेलाडी र खेलप्रेमीको उपस्थिती रहेको थियो ।
बनेपा भलिबल प्रशिक्षण केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिता समापन चैत्र ३० गते हुनेछ । समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले पुरस्कार वितरण गर्नेछन् ।
उद्घाटन खेलमा ललितपुर महानगरपालिका र महाभारत गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो । जसमा ललितपुर महानगरपालिका ३–० को सोझो सेटमा विजयी भएको छ । दोश्रो खेलमा पोफ्रेशनल ३–० ले विजयी भएको छ । गत वर्ष देखि बनेपा नगरपालिकाले उपमेयर महिला भलिबल कप आयोजना गर्दै आएको छ । करिव ७ लाख रुपैया खर्च हुने उक्त प्रतियोगिताका लागि नगरपालिकाले ५ लाख रुपैया उपलब्ध गराउने छ । प्रत्येक म्याचमा प्लेयर अफ द म्याच घोषणा गर्दै पुरस्कार उपलब्ध गराउने बनेपा भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष एवं काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष विक्रम प्रजापतिले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया