काभ्रे – जिल्लाको खानीखोला गाउँपालिका १ धार्नेमा नेवा खानेपानी संस्था र खानीखोला गाउँपालिकाको साझेदारीमा ६८ घर घुरीका लागि जगाते, धार्ने, खवासे खानेपानी तथा सरसफाइ योजनाको गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा उद्वघाटन भएकाछन ।
खानीखोला गाउँपालिका र नेवा खानेपानी संस्थाको साझेदारी जगाते घार्ने खवासे खानेपनी आयोजना ६८ घर घुरीका लागि एक घर एक धारा पुर्ण स्वच्छ खानेपानी बितरण खानीखोलाको अभियान भएकोले गाउँपालिकाले उपयुक्त खानेपानीको मुहान अनुरुप बस्ती टोल टोलमा पुर्याई आवश्यक काम सम्पन्न गरि खानेपानी वितरण भएको अध्यक्ष थिङ्ले जानकारी दिए । खानीखोला सरकारको अभिभारा एक घर एक धारा अभियानको साथ विभिन्न वडामा काम भई रहेको अध्यक्ष थिङ्ले बताए ।
यो खानेपानी आयोजनले स्थानीय तह गाउँ बस्तिका लागि अति आवश्यक र यो खानेपानी संन्चालन भए पछि स्थानीय जनतालाई पानीको आवश्यक नपर्ने र पानी आवश्यक अनुसार संन्चालनमा ल्याई यस खानेपानीलाई निरन्तरता दिदै पुर्ण दिगोपनसंगै लाभ लिने थिङ्ले बिश्वास व्यक्त गरे ।
जनताको माग र आवश्यकता आफ्नो प्रतिबद्धता पूरा गर्ने समुदायको टोल बस्तीमा खानेपानी, शिक्षा , स्वास्थ्य , यातायात लगाएत पुर्ण आयोजनहरुको निर्वाचित भए पश्चात् सफलता पाएको भनाई व्यक्त गरे । शिक्षा , स्वास्थ्य , खानेपानी , यातायातमा निकै सुधारत्मक भएको र अझै उच्च सफलतासंगै नमूना पालिका बनाउनेमा पालिका बनाउनेमा लागि परेको बताए ।

तपाईको प्रतिक्रिया