बैंकिङ कसुरमा पक्राउ परेका जिसस काभ्रेका प्रमुख रिहा

काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रिहा भएका छन् ।

बैकिङ कसुरको मुद्दा खेपेका उनी जाहेरीवालालाई रकम तिरेर कागजी प्रक्रिया पुरा गर्न बुधवार बानेश्वर वृतमा पुगेका थिए ।

जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज बिहीबार गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया