
पनौती÷ग्रामीण भेगमा रहेर पनि अब्बल र उत्कृष्ट शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उदेश्यले ३० बर्षअघि स्थापना भएको न्यू राइजिङ ईङ्गलिस सेकेन्डरी स्कुलले आफूलाई अब्बर र उत्कृष्टको रुपमा प्रमाणित गरेको छ ।
पनौती नगरपालिकाको बिहावर क्षेत्रलाई आधार बनाएको सो विद्यालयले आफ्नो ३० औ वार्षिकोत्सब, अभिभावक दिबस, एसईई उतिर्ण सम्मान, तथा स्काउट दिक्षान्तको अवसरमा आफ्नो प्रगति सार्वजनिक गरेको हो । कार्यक्रम पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीसँगै पूर्व प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, प्याब्सनका अध्यक्ष श्याम बहादुर भुजेल, प्याब्सनका बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, उपाध्यक्ष बसन्तराज नेपाल, पनौती प्याब्सनका अध्यक्ष रामचन्द्र देउजा, बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र बिष्ट, सञ्चालक समितिका अध्यक्ष तथा पुर्व वडा अध्यक्ष गुणनाथ सापकोटा, पुर्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रदिप सापकोटालाई साक्षी राखेर विद्यालयले हालसम्म हासिल गरेको प्रगतिको बारेमा प्रष्ट पारेको छ । कार्यक्रमा विद्यार्थी सोनी तामाङले अभिभावक, अतिथी र विद्यार्थीलाई स्वागत गर्नुभयो ।
विद्यालय ब्यबस्थापन समिति अध्यक्ष बेद प्रसाद सापकोटाले समुदायमा आधारित रहँदै उत्कृष्ट शिक्षा प्रदान गरिरहेको सो अवसरमा जानकारी दिनुभयो ।

पनौती नगरपालिकाका प्रमुख भण्डारीले संस्थागत विद्यालयले शिक्षाको क्षेत्रमा अग्रणी भुमिका खेलेको बताउनुभयो । केही समययता सामुदायीक विद्यालय पनि उत्कृष्ट हुदै गएको र अझै धेरै विद्यालयलाई सुधारको आवश्यक रहेको बताउनुभयो ।
पनौतीले शैक्षिक क्यालेन्डर मार्फत शिक्षाका गतिविधि अगाडी बढाइएको तर सामुदायिक विद्यालयमा राज्यको ठुलो लगानी रहदाँ पनि शिक्षामा गुणस्तर आउन नसक्नु र निजी क्षेत्रबाट लगानी रहेका संस्थागत विद्यालयको गुणस्तर राम्रो हुनु छलफलको बिषय भएको भन्दै ध्यानाकर्षण गराउनुभयो ।

विद्यालयको बार्षिक प्रतिवेदन प्रिन्सिपल बिमल न्यौपानेले प्रूस्तुत गरेका थिए । न्यौपानेले विद्यालयलाई ६ वर्षअघिदेखि नै डिजिटल प्रविधिबाट सञ्चालन गरिरहेको भन्दै विद्यालयको सम्पुर्ण गतिबिधि अभिभावक र विद्यार्थीहरुले विद्यालयको एप बाट हेर्न सकिने, स्मार्ट वोर्डबाट कक्षा सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले विद्यालयबाट हाल सम्म ३ सय २७ सय जना विद्यार्थीहरुले एसईई उतिर्ण भई विभिन्न क्षेत्रमा कार्यरत रहेका, विद्यालयलाई शिक्षा दिबसका अबसरमा पनौती नगरपालिका बाट उत्कृष्ट विद्यालय सम्मान गरीएको, एसई ई मा सहभागी भएदेखी हाल सम्म कुनै पनि विद्यार्थीहरु फेल नभएको, प्याब्सनबाट उत्कृष्ट नतिजा ल्याएकोमा सम्मानित भएको, संगित, आर्ट, नृत्य, स्काउटका कक्षाहरु सञ्चालन गरिरहेको, विद्यालयको ब्यबस्थीत क्यान्टीन सञ्चालन रहेको उल्लेख गर्नुभयो । सो विद्यालयमा यो शैक्षिक सत्रमा छ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका, स्वदेश तथा विदेशमा टिक्ने र बिक्ने शिक्षा प्रदान गर्दै आएको उहाँले दाबी गर्नुभयो । सोही अवसरमा एसईई २०८० मा उत्तिर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कक्षा ७ मा स्काउट कक्षा लिएका विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । त्यसै गरी विद्यालयले स्थापना देखीका पुर्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रिन्सिपलहरुलाई सम्मान समेत गरियो ।


तपाईको प्रतिक्रिया