जनताको सेवाप्रति जिम्मेवार बन्दै लेखापढी व्यवसायी


जनताप्रति थप जिम्मेवार बन्न लेखापढी व्यवसायीलाई नेपाल लेखापढी कानून ब्यवसायी एसोसियसन काभ्रेको १८ औ बार्षिक साधारण सभामा बोल्ने वक्ताले अनुरोध गर्नुभएको छ ।
काभ्रेका लोकप्रिय नेता प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाको जनतासँग नजिक बनेर र गुनासो नआउने गरेर काम गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री बाँस्कोटाले भूमि नागरिकहरुको हक भएकाले सरकारले ल्याएको भूमि सम्वन्धी अध्यादेश रोक्न नमिल्नेमा जोड दिनुभयो ।
१० लाख भन्दा धेरै नागरिकहरुको समस्या समाधानमा अध्यादेशले सम्बोधन गरेको बताउँदै बाँस्कोटाले नेपालमा भूमि समस्या समाधानका लागि हरेक सरकारले ल्याएका योजनाहरुमा विभिन्न पक्षबाट अवरोध हुने गरेको उल्लेख गर्नुभयो ।
नाागरिकहरुलाई प्रदान गरिने सेवामा सहजता, सरलता र विनम्रता अपनाउन अनुरोध गर्दै पुर्व मन्त्री बाँस्कोटाले नागरिकहरुलाई भूमिको मालिक बनाउनु पर्नेमा जोड दिनुभयो ।
जिल्ला अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखापढी कानून ब्यवसायीहरुले भोगिरहेका समस्याहरुलाई राज्यका तर्फबाट सम्बोधन गर्नु पर्ने विषय माथी छलफल गर्नुभयो ।

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले राज्य अंहकारी भएकाले नेपाल लेखापढी कानून ब्यवसायीहरुले समस्या भएको बताउनुभयो ।
उहाँले जग्गा प्रशासन विगार्ने काम राज्यले गरिरहेकाले त्यसको सुधार र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम नेपाल बार एशोसिएसनका अध्यक्ष हरिशरण दाहाल, केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल, मालपोत कार्यालय काभ्रेका अधिकृत गंगाप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा लगायतले जग्गा प्रशासन, जग्गा कारोवार तथा नागरिकहरुको सेवा प्रभावमा खेल्नु पर्ने भूमिकाको बिषयमा र जनताप्रति थप जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा एसोसिएसनका सदस्य जिल्ला दोर्जे लामा, सचिव कुमारप्रसाद मैनाली, कोषाध्यक्ष दामोदर बजगाई लगायतले लेखापढी कानून ब्यवसायीहरुले भोगिरहेका समस्या, आगामी योजनाका बारेमा प्रतिवेदन पेस गर्नुभयो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष गोविन्द पोखरेल, प्रदेश समिति संयोजक सुर्यबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले राज्य अंहकारी भएकाले नेपाल लेखापढी कानून ब्यवसायीहरुले समस्या भएको बताए । जग्गा प्रशासन विगार्ने काम राज्यले गरिरहेकाले त्यसको सुधार र समन्वय आवश्यक रहेको बताउँदै केन्द्रीय अध्यक्ष दाहालले राजनीति संग्लो बनाउँदै जग्गा बर्गिकरणमा राजनीति दलहरु जिम्मेवार नभएको बताए ।

कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष हरिशरण दाहाल, केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल, मालपोत कार्यालय काभ्रेका अधिकृत गंगाप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा लगायतले जग्गा प्रशासन, जग्गा कारोवार तथा नागरिकहरुको सेवा प्रभावमा खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा एसोसिएसनका सदस्य जिल्ला दोर्जे लामा, सचिव कुमारप्रसाद मैनाली, कोषाध्यक्ष दामोदर बजगाई लगायतले लेखापढी कानून ब्यवसायीहरुले भोगिरहेका समस्या, आगामी योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष गोविन्द पोखरेल, प्रदेश समिति संयोजक सुर्यबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया