
नीजि तथा आवाशिय विद्यालय अग्रनाईजेशन नेपाल(प्याब्सन) काभ्रेपलाञ्चोकको दोश्रो कार्यकालको लागि निर्वाचित अध्यक्ष श्यामबहादुर भुजेलले संचालन गरेको विकटेश्वर इङ्गलिस सेकेन्डरी स्कुलले आफूलाई हरेक कुरामा अब्बल रहेको प्रमाणित गरेको छ ।

बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको विकटेश्वर इङ्गलिस सेकेन्डरी स्कुलले शैक्षिक प्रदर्शनी कार्यक्रममा स्थानीय स्तरमा उत्पादित सामाग्रीको प्रयोग गरेर विद्यार्थीले आफ्ना आबिष्कार अभिभावकलाई प्रर्दशन गरेका थिए ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेको प्रमुख आतिथ्यता ग्रहण गर्दै विकटेश्वरले शैक्षिकसँगै अतिरिक्त कृयाकलापमा पनि अब्बल रहेको प्रमाणित गर्ने गरि प्रर्दशनी गरेकोमा धन्यवाद दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुजेलले विद्यालयले गरिरहेका शैक्षिक कार्यक्रम, विद्यार्थीहरुको सिर्जनात्मक, अनुसन्धानमुलक र ब्यवहारीक ज्ञानलाई प्रर्दशनीको प्रयास गरेको बताउनुभयो । न्यौपानेले विद्यार्थीहरुको सिकाई उपलब्धीलाई प्रर्दशन गरेर अभिभावकहरुलाई समेत बालबालिकाहरुको सिकाई अभिबृद्धीमा हौसला दिएकोमा उल्लेख गर्नुभयो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुजेल, विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरु, जनप्रतिनिधिहरु तथा अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रम शिक्षक नारायणबाबु पाल्पालीले संचालन गर्नुभयो ।

विद्यार्थीले दैनिक जीवनमा प्रयोग हुने सामाग्री, विज्ञानमा बढेका कुरालाई व्यवहारमा उतारेका थिए । त्यतीमात्रै नभएर विद्यार्थीले सामान्य ज्ञानको बिषयमा समेत प्रर्दशनी गरेका थिए । विद्यार्थीले अभिभावक तथा अतिथीहरुलाई स्वागत गाना र नृत्यले स्वागत गरेका थिए । विद्यार्थीले देखाएको प्रर्दशनीको अभिभावकले पनि मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
विकटेश्वरको नमूना शैक्षिक प्रर्दशनी
2025-02-19T21:01:10+05:45

तपाईको प्रतिक्रिया