संविधान सभासदस्य,एमाले काभ्रेका पूर्व सचिव विदुर सापकोटाको निधन

बनेपा÷काभ्रेली कम्युनिस्ट आन्दोलनको एक नेतृत्वकर्ता संविधान सभासदस्य विदुरप्रसाद सापकोटाको निधन भएको छ । तत्कालीन पञ्चायती शासन विरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीति मार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका, काभ्रेपलाञ्चोक जिल्लामा तत्कालीन नेकपा एमालेको लामो समयसम्म सचिवको जिम्मेवारीमा रहनुभएका सापकोटाको उपचारको क्रममा निधन भएको हो ।
काभ्रे कम्युनिष्ट पार्टीका एक अग्रज, बैचारिक, कुशल संगठक एवं प्रखर वक्ता, संविधान सभाका सदस्य, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज सापकोटाको उपचारका क्रममा आज निधन भएको पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँको पार्थिव शरिरलाई पार्टी केन्द्रीय कार्यालय आलोक नगर तिनकुनेमा बिहान ८ बजेदेखि १० वजे सम्म त्यस पश्चात् पशुपति आर्यघाटमा दाहसस्कार गरिने परिवार श्रोतले जनाएको छ । उहाँको श्रीमती र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया