बिपी राजमार्ग पुनर्निर्माण गर्न अर्थले गर्‍यो स्रोत सुनिश्चित

अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ।

गत असोज १० देखि १३ गते तथा यस वर्षको मनसुनबाट क्षतिग्रस्त बनेका राजमार्गहरू, पुललगायत संरचना पुनर्निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग २६ अर्ब रुपैयाँको स्रोत सुनिश्चिताको माग गरेको थियो।

अर्थ मन्त्रालयले सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रूपैयाँको स्रोत सहमति प्रदान गरेको छ।

भौतिक पूर्वाधार मन्त्रालयले गत फागुन ४ गते माग गरेअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार आयोजनाहरू पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन्।

स्रोत सहमति प्रदान गरिएकामा १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन्। सडकतर्फ बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति लोकपथसहित १३ वटा राजमार्ग रहेको भौतिक मन्त्रालयले बताएको छ।

तपाईको प्रतिक्रिया