सँस्कार सिकाउँदै ज्ञानकुञ्ज रुद्रकुमारीलाई अभिभावक सम्मान

बनेपा÷ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले संचालन गरेको ज्ञानकुञ्ज माध्यामिक विद्यालयको ऐतिहासिक २२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । बनेपामा फरकसोच र शैलीबाट संचालित सो विद्यालयमा शिशु कक्षादेखि क्याम्पस तहको मास्टर डिग्रीसम्मका कक्षाहरु संचालन हुँदै आएको सो अवसरमा विद्यालयका प्रवन्ध निर्देशक प्रताप वैद्यले जानकारी गराउनुभयो ।
बैद्यले स्वागत गर्दै विद्यालयको समग्र अवस्था, स्थापना देखि अहिलेसम्म भागेका भोगाईहरु तथा आगामी योजनाका बारेमा अतिथी र अभिभावकलाई जानकारी गराउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा वैद्यले ज्ञानकुञ्जले तल्लो कक्षादेखि माथिल्लो कक्षासम्म उत्कृष्ट ढंगले पठनपाठन गराएको जानकारी अभिभावक दिवसमा गराउनुभयो ।
बागमती प्रदेश सभा सदस्य पुर्व राज्यमन्त्री कञ्चचन्द्र बादेको प्रमुख आतिथ्यता मन्तव्य राख्दै शैक्षिक गुणस्तर, ब्यवहारीक ज्ञान र सैद्धान्तिक विषयलाई जोड दिन अनुरोध गर्नुभयो । उहाँले ज्ञानकुञ्जले नमूनाको रुपमा शिक्षण सिकाई र योग्य नागरिक उत्पादनमा काम गरिरहेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

कार्यक्रममा संचालक आत्मराम थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, प्याब्सनका केन्द्रिय उपमहासचिव भिमसेन केसी, सचिव हिरा शर्मा नेपाल, जिल्ला अध्यक्ष श्याम भुजेल, एन प्याब्सन अध्यक्ष अग्नि ज्ञवाली, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संघ संस्था तथा क्षेत्रमा सक्रिय ब्यक्तिहरु, बनेपा नगरपालिका वडा नं ८ को वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न विद्यामा उत्कृष्ट भए बापत पुरस्कृत गरिएको थियो भने ज्ञानकुञ्ज जेष्ठ नागरिक अभिभावक सम्मानबाट रुद्रकुमारी खड्कालाई सम्मान गरिएको थियो । सोहि अवसरमा अभिभावक, विद्यार्थी, शिक्षक प्रतिनिधिहरुले विद्यालयका बारेमा सुझाव दिदै सफलताको कामना गरेका थिए । बालबालिकाहरुले स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सांस्कृतिक प्रस्तुतीहरु प्रर्दशन गरेका थिए ।
त्यस्तै बनेपामा खेलमार्फत योगदान पु¥याउनु हुने प्रताप वैद्य, अरुणकाजी वैद्य, सौरभराज कायस्थ, ओमप्रकाश नकर्मी, विजय सुन्दर सैंजु, राज मन्दिर श्रेष्ठ, विजय कृष्ण बादे, तथा विजय के।सी।लाई सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया