
सुकुटे- प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको पाचौं अधिवेशन सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न भएकाछन ।सोमबार भएको उद्धघाटन कार्यक्रमले बन्द सत्र बाट प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा ध्रुव अधिकारी , उपाध्यक्षहरुमा राजन अधिकारी , गौतम जिरेल , अञ्जली तामाङ र महासचिवमा नबिन श्रेष्ठ निर्विरोध चयन गरिएको छ । समितिको सचिवहरुमा सुमन गैरे , मणिसुन्दर कोईराला , रोजन तमाङ , भावना रिजाल , गम्भिर वि.क , कोषध्यक्ष राजेन्द्र गजुरेल , लेखा संयोजक बाल गोविन्द न्यौपाने , अनुशासन संयोजक मिना श्रेष्ठ रहेको निर्वाचन समिती सम्योजक इश्वारी राज कुमार मैनालीले जानकारी दिए ।
समितिको सदस्यहरुमा नवराज अधिकारी , सरला अधिकारी , मनोज दाहाल , अनिल अधिकारी , रुपा अर्याल , गिता अधिकारी , रुपा गुरुङ , कमला तामाङ , गोपी लाल तामाङ , उमेश राई , बबिता नेपाली , शिला पाठक , सन्तोष बस्ताकोटी , होमनाथ चौलागाईं र लेखा समिति सदस्यमा रञ्जिता श्रेष्ठ रहेको मैनालीले बताए । बागमती प्रदेशको १० जिल्ला बाट सहभागी रहेको कार्यक्रममा सबै निर्बिरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया