
धुलिखेल÷ विश्व युवा सम्मेलनको तयारीमा जुटेको जिल्ला समन्वय समितिले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । काभ्रेपलाञ्चोककै गौरवको रुपमा रहने सो यूवा सम्मेलनलाई अझ सफल बनाउने तयारी स्वरुप शनिबार धुलिखेलमा जिल्ला स्तरीय अभिमुखिकरण गरिएको छ ।

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा मार्च २७–३१ अर्थात चैत्र १४ देखि शुरु हुने सम्मेलनमा करिव एक सय देशका प्रतिनिधि सहभागि विश्वास गरिएको छ ।
अभिमुखिकरणका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले उमेरले भन्दा सोचले युवा हुने बताउनुभयो । उहाँले कुनै पनि स्रोत नभएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले विश्व यूवा सम्मेलन आयोजना गर्ने दुस्साहस गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

उहाँले त्यसैले युवा अरुभन्दा फरक हुन्छन् । युवा साहस हो, युवा परिवर्तनको संवाहक हो’–पुर्व मन्त्री बाँस्कोटाले भन्नुभयो संसार बदल्ने तागत भएका युवाहरुलाई उत्पादन र आबिष्कार तर्फ सहभागि गराउनु पर्छ ।
उहाँले युवाहरु कापबाट निस्केका पिपल जस्ता भएकाले उनिहरुको चेतना र विकासलाई कसैले रोक्न नसक्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद रत्न ढकालले युवा नीति निर्माण गरिएको, युवा लक्षित कार्यक्रम संचालन गरिएको र युवाहरुलाई केन्द्रित गरेर पलायनता र निराशा रोक्ने कार्यक्रम प्रभावकारी रुपले संचालन गर्न तीन तहकै सरकार केन्द्रित रहेको दाबी गर्नुभयो प्रदेश सभाका सदस्य तिर्थ लामाले युवा र काभ्रेका लागि यो ठूलो अवसर रहेको बताउनुभयो ।, नेपाल पत्रकार महासंघ महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काठमाडौ विश्वविद्यालयका गोकुल केसी, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका बारेमा जानकारी गराउँदै जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले सम्मेलनबाट नेपाल, नेपालको संस्कृति तथा जलवायु परिवर्तन लगायतका ५० भन्दा धेरै विद्यामा २ सय भन्दा धेरै बक्ताहरुले जानकारी गराउने र १० हजार भन्दा धेरै युवाहरु सहभागि हुने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया