
राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये चौरीदेउराली गाउँपालिकाको अवस्था अत्यन्त कमजोर देखिएको छ ।
१३ स्थानीय तहमध्ये चौरीदेउरालीले १०० अंकमध्ये ५२.९ अंकमात्र पाएको छ । कार्यसम्पादन मूल्यांकनमा काभ्रेका स्थानीय तहमध्ये बनेपा सबैभन्दा उतकृष्ट देखिएको छ । आयोगका अनुसार बनेपा नगरपालिकाले ७८, चौरीदेउराली ५२.९ अंकमै समिति बन्यो ।
पनौतीले ७३ अंक ल्यायो भने रोशी गाउँपालिकाले ७० अंक ल्याएको छ । धुलिखेल ६९.३, खानीखोला ६२.३, महाभारत ६१.१, बेथानचोक ६०.९,मण्डनदेउपुरले ५७.७, पाँचखालले ५७.६ अंक ल्याए । नमोबुद्ध ५६.३, भुम्लु ५५.४, तेमाल ५३.१ र पुछारमा रहेको चौरीदेउरालीले ५२.९ अंक ल्याएका हुन् ।
विभिन्न १७ सूचकहरुमा मूल्याङकन गरी वार्षिक रुपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्र् आयोगले स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङकन गर्ने गर्दछ । स्थानीय तहको शिक्षा, स्वास्थ्य, आन्तरिक आय, पुँजीगत खर्चको अवस्था, कूल विनियोजन रकमको अवस्था, संकलित करबाट प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा गरे नगरेको अवस्था, पूर्ण खोप कार्यान्वयन, गर्भवती महिलाको जाँचको अवस्था लगायतका सूचकहरुमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ ।
कार्यसम्पादनमा बनेपा उत्कृष्ट चौरीदेउरालीको कन्तबिजोक
2025-02-15T07:12:30+05:45

तपाईको प्रतिक्रिया