राम्रो अक्षर लेख्ने र पढ्नेमा छोरी नै अगाडी

बनेपा÷ राम्रा अक्षर लेख्ने विद्यार्थीको प्रतिभालाई बाहिर ल्याउन निजी तथा आवाशिय विद्यालय अग्रनाईजेशन नेपाल(प्याब्सन) काभ्रेपलाञ्चोकले आयोजना गरेको प्रतियोगितामा २४ जनाले पुरस्कार पाउँदा दुई जनामात्रै छात्र थिए भने २२ जना छात्राले राम्रो अक्षर लेखे । यसले राम्रो अक्षर लेख्ने र पढ्नेमा छोरी नै अब्बल देखिएको छ । छोरीहरु राम्रो अक्षर लेख्ने प्रतिस्पर्धामा भाग लिने पनि आउने र पुरस्कार पनि जित्ने गरेको शुक्रबार आयोजना भएको जिल्लाव्यापी हस्तलेखन प्रतियोगिताले पुष्टि गरेको छ ।

प्याब्सनले आधारभूत तहका विभिन्न कक्षालाई फरक फरक समुहमा विभाजन गरेर आयोजना गरेको हस्तलेखन प्रतियोगितामा छात्राहरुले आफूलाई उत्कृष्ट रहेको प्रमाणित गरेका छन् । धेरै विद्यालयले छात्रालाई नै प्रतियोगितामा समावेश गराएको र सफल पनि छोरीहरु नै भएको प्याब्सन काभ्रेपलाञ्चोकका सचिव बिमल न्यौपानेले जानकारी गराउनुभयो ।

बनेपाको एक विद्यालयमा आयोजना भएको प्रतियोगितात्मक हस्तलेखन प्रतियोगितामा ४२ विद्यालयका २५२ जना विद्यार्थीहरुलाई नेपाली र अंग्रजी भाषामा हस्तलेखनमा प्रतिस्पर्धा गराईएको प्याब्सन काभ्रेले जनाएको छ । जसमा २४ जनालाई प्रथमदेखि सात्वनासम्मको पुरस्कार प्रदान गरिएको थियो । जसमा २२ वटा पुरस्कार छात्रा अर्थात छोरीले जित्दा दुईबटा मात्रै छोराले जित्न सके ।
प्याब्सननका जिल्ला अध्यक्ष श्यामबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन भने प्याब्सनका केन्द्रिय उपमहासचिव भिमसेन केसीले गर्नुभएको थियो ।


प्रतियोगितामा सहभागि विद्यालयका कक्षा २ र ३ बाट सहभागि विद्यार्थीहरु मध्ये अंग्रेजी विषयमा ग्रेसल्याण्ड मावि साँगाको परी पाख्रिन प्रथम, विद्याासागर स्कुल बनेपाको विदिषा झा दोश्रो, बामगती बोर्डिङ्ग स्कुलको सुर्वण लामा तेश्रो र सिद्धार्थ बनस्थली पनौतीको आर्या श्रेष्ठले सान्त्वना पुरस्कार पाउनुभयो ।
नेपाली बिषयमा काभ्रे सेकेन्डरी स्कुल बनेपाबाट सान्वी त्रिपाठी प्रथम, न्यू राईजिङ्ग स्कुल रयाले पनौतीबाट आनन्दी घिमिरे दोश्रो, बागमती स्कुलको रोजिना तामाङ तेश्रो र नवप्रतिभा स्कुलको अस्वी पौडेलले सान्त्वना पुरस्कार जित्नुभयो ।
कक्षा ४ र ५ को अंग्रेजी विषयमा ग्रेसल्याण्ड माविको कविरा श्रेष्ठ प्रथम, स्प्रिङ्ग हिलबाट मही अग्रवाल दोश्रो, न्यू राईजिङ स्कुलको समिरा तामाङ तेश्रो र हाईल्याड स्कुलको सिम्रन तामाङले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
नेपाली विषयमा सिद्धार्थ बनस्थली इन्स्टिच्युटबाट निमी केसी प्रथम, काभ्रे अंग्रेजी सेकेन्डरी स्कुलबाट अर्पणा खत्री दोश्रो, ज्ञानज्योति स्कुल बनेपाबाट एङजेन लामा तेश्रो, हिमालयन इन्टरनेशनल स्कुलबाट दिपराना मगरले सान्त्वना पुरस्कार पाउनुभएको प्याब्सन काभ्रेका सचिव न्यौपानेले जानकारी दिनुभयो ।


कक्षा ६ र ७ बाट अंग्रेजी विषयमा काभ्रे अंग्रेजी मावी पनौतीको स्र्वणिमा लामा प्रथम, न्यू राईजिङ्ग स्कुलकोभरोषा सापकोटा दोश्रो, स्पिङ्गहिल स्कुलबाट मानवी गिरी तेश्रो र ज्ञानज्योती अंग्रेजी स्कुलबाट अनिता तामाङ सान्त्वना पुरस्कार पाउन सफल हुनुभयो । नेपाली विषयमा हिमालय इन्टरनेशनल स्कुलको सिप्रोला तामाङ प्रथम, विद्यासागर स्कुलको दिपशिखा कुईकेल दोश्रो, ग्रेसल्याण्ड स्कुलको नियोना श्रेष्ठ तेश्रो र काभ्रे अंग्रेजी माध्यमिक विद्यालय पनौतीको उपासना कोईरालाले सान्त्वना पुरस्कार प्राप्त गरे ।

तपाईको प्रतिक्रिया