
आफ्नो अदभुद् गायन कलाको कारणले चर्चामा रहेका सरिता बाजे अर्थात अर्जुनप्रसाद पौडेलको निधन भएको छ । पौडेललाई गायन यात्रामा अघि बढाउने उहाँको छिमेकी तथा सहयोगी नारायण ढकालले उहाँको धुलिखेल अस्पतालमा निधन भएको जानकारी दिनुभयो ।
ज्वरो आएपछि उहाँलाई शुक्रबार बिहान धुलिखेल अस्पतालमा भर्ना गरिएकोमा दिउँसो निधन भएको हो । ५५ बर्षका उहाँको आज पाँचखालमा अन्तिम संस्कार गरिने ढकालले उल्लेख गर्नुभयो । उहाँका दुई छोरा छन् ।
भाईरल गायक सरिता बाजेको निधन
2025-02-14T19:03:09+05:45

तपाईको प्रतिक्रिया