भक्तपुर÷बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मोरिसस लैजाने भन्दै पिडितहरुलाई लामो समयसम्म झुक्यानमा राख्ने काभ्रेपलाञ्चोकका एक र सिन्धुपाल्चोकका अर्का युवालाई प्रहरीले पक्राउ गरेको छ ।
क्यानाडा, अजरबैजान र मोरिसस लैजाने भन्दै पिडितहरुलाई लामो समयसम्म झुक्यानमा राख्ने विदेश नपठाई सम्पर्क विहिन भएकोमा पिडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी १४ (चौध) जना व्यक्तिहरुबाट रकम एकहत्तर लाख सत्तरी हजार ठगी गर्नेे भक्तपुरको विभिन्न स्थानहरुबाट पक्राउ गरी मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को ठगी सम्बन्धी कसूरको दफा १४(६) बमोजिम सम्मानित जिल्ला अदालत भक्तपुरबाट दिन ५ (पाँच) म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ७ का ४१ बर्षको गणेश बहादुर थापा र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ४ काफ्लेथोकका ३९ बर्षका दिनेश प्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट अन्य व्यक्तिहरु समेत ठगिनु भएको भए जिल्ला प्रहरी परिसर भक्तपुरमा सम्पर्क गर्नहुन अनुरोध गरेको प्रवक्ता ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
बेरोजगार युवा ठगेको आरोपमा नमोबुद्धका अधिकारी प्रहरी नियन्त्रणमा
2025-02-14T18:51:07+05:45

तपाईको प्रतिक्रिया