समुदायमा आधारित उत्कृष्ट विद्यालय अरुणोदय एक हजार पाँचसयले गरे शैक्षिक प्रर्दशनीको अवलोकन

पनौती÷नीजी लगानीमा संचालन भएपनि सामुदायिक विद्यालयकै अवधारणले अघि बढ्दै अभिभावक र विद्यार्थीको मन जित्न सफल पनौती–४ मा अवस्थित अरुणोदय माध्यामिक विद्यालयले विद्यार्थीले बृहत शैक्षिक प्रर्दशनीको आयोजना गरेका छन् ।
पाठ्यक्रममा आधारित रहेर ७२ वटा समुहमा विद्यार्थीले आफ्नो सृजना आफ्ना साथीसँगै अभिभावक, छिमेकी पालिकाका विद्यार्थी र पनौती नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीसँग अनुभव साटासाट गरेका हुन् ।

शुक्रबार अरुणवाटिकाको प्राङ्गणमा आयोजित शैक्षिक प्रर्दशनीको शिक्षक अगुवाले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । झट्ट हेर्दा विशाल महोत्सव जस्तो देखिएको शैक्षिक प्रर्दशनीमा अनेकौ पाठ्युस्तक सम्बन्धि स्टलमा विद्यार्थीले आफ्नो कला प्रस्तुत गरिरहेका थिए । अंग्रेजी माध्यामिक विद्यालय भएपनि नेपाली भाषाको उपयुक्त ज्ञान सोही प्रर्दशनीमा दिइएको थियो ।


विद्यार्थीले दैनिक जीवनमा प्रयोग गरेका तर त्यसको अर्थ भन्न गाह्रो हुने शब्दको ज्ञान प्रदान गरिरहेका थिए । सितो, पोर्थाे, झाङ्, पोटी जस्ता शब्दको अर्थ उनीहरुले अरु विद्यालयबाट आएका साथीलाई सुनाउँदै थिए भने विद्यार्थीले पनि चाख मानेर सुनिरहेका थिए । यो एउटा महत्वपुर्ण सिकाई उपलब्धीको रुपमा हामीले लिएका छौं विद्यार्थीसँगै शैक्षिक प्रर्दशनीमा सहभागी काभ्रे मावि पनौतीका प्रिन्सिपल एंव काभ्रे प्याब्सनका उपाध्यक्ष बसन्त नेपालले भन्नुभयो ।

नेपाली, गणित, विज्ञान, अंग्रेजी, सामाजिक बिषयमा विद्यार्थीले तयार पारेको सामाग्री निक्कै उपयोगी देखिएको कार्यक्रममा सहभागि प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले उल्लेख गर्नुभयो । उहाँले समुदायमा आधारित भएर उत्कृृष्ट व्यवस्थापनमा संचालनमा आएको विद्यालयले एउटा नविन कार्यक्रम गरेकोमा बधाई दिनुभयो । उहाँसँगै सहभागि प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले अरुणोदयले हरेक रुपमा आफूलाई अब्बल संस्थाको रुपमा स्थापित गरेको बताउनुभयो । प्याब्सन सदस्य विद्यालयको रुपमा अरुणोदय नमूना रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्याब्सन काभ्रेका पदाधिकारीसँगै बनेपाका अध्यक्ष महेन्द्र बिष्ट, पनौतीका अध्यक्ष रामचन्द्र देउजाको उपस्थिती थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफूले राम्रो प्लेटफर्मको रुपमा यस्ता शैक्षिक प्रर्दशनीलाई लिने गरेको र यो सुर्वण अवसर विद्यालयले प्रदान गरेको भन्दै खुसी व्यक्त गरेका छन् । कुसुम तिमल्सिनाले आफ्नो लागी यो सुनौलो अवसर भएको र आफूले सिकेको कुरा अरु साथीहरुलाई पनि सिकाउन पाएकोमा गौरवको महसुस गरेको उल्लेख गर्नुभयो । कृपा केसीले विद्यालयले शिक्षासँगै अतिरिक्त कृयाकलाप र व्यक्तित्व विकासमा सहयोगी बनेको बताउनुभयो ।

विद्यार्थी ईसा पोखरेलले पनि विद्यालयले शिक्षामात्रै नदिएर नैतिक, व्यवहारिक र कर्तव्यपालन गर्न सहयोग गर्ने शिक्षा प्रदान गरेको उल्लेख गर्नुभयो ।
अभिभावक ललिता अधिकारीले अरुणोदयले आफूलाई अब्बल रहेको पुष्टि गरेको भन्दै पं्रशसा गर्नुभयो । विद्यालयका संस्थापक भिमसेन केसीले फरक रुपमा आफूहरुले शिक्षा, संस्कार र प्रोत्साहनका कार्यहरु अघि बढाएको बताउनुभयो । शुक्रबार भएको कृयाकलापमा कम्तिमा एक हजार पाँच सयले अवलोकन गरेको र सकारात्मक प्रोत्साहन र सल्लाह दिनु भएको बताउनुभयो ।


‘ यो हाम्रा विद्यार्थीलाई एक्सपोज दिने महत्वपुर्ण ठाउँ हो’ प्याब्सनका केन्द्रीय उपमहासचिव समेत रहनु भएको केसीले भन्नुभयो, अभिभावक,विद्यार्थी शैक्षिक अभियान्त बसेर सृजनाको प्रोत्साहन गराएका छौं ।
विद्यालयका प्रिन्सिपल विष्णु दाहालले अध्ययन र अध्यापनसँगै विद्यार्थीको प्रतिभा बाहिर ल्याउने माध्यमको रुपमा यो कार्यक्रमलाई लिएका छौ । उहाँले आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।


विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउन विद्यार्थी गुणीय चक्र(एसक्यूसी) को सम्पुर्ण मापदण्ड पुरा गरेर नमूना बनेको सो विद्यालयले भारतको लखनाउनमा भएको अन्तराष्ट्रिय सम्मेलनमा वेष्ट अर्वाडबाट सम्मानित भएको थियो ।

तपाईको प्रतिक्रिया