बनेपाको ईतिहासको खोज गरिएको भुद्रङको विमोचन


बनेपा÷बनेपाको ईतिहासको बारेमा खोजी गरेर तयार पारिएको पुस्तक भुद्रङको शनिबार एक कार्यक्रमकाबीच विमोचन गरिउको छ ।
काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख के.जी. वैदारद्वारा लिखित इतिहास संस्कृति र धर्मसम्बन्धी लेखहरूको पुस्तक भुद्रङको विमोचन गरिएको हो ।
बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादे, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, इतिहासकार ओम प्रसाद धौभडेल, सञ्चालक समिति अध्यक्ष लम्बोदर कायस्थले संयुक्त रुपमा कृति विमोचन गर्नुभयो । क्याम्पसको अनुसन्धान व्यवस्थापन इकाईको आयोजनामा भएको कार्यक्रममा समाजसेवी रामराजा धौभडेलले लेखक बैदारका बिभिन्न व्यक्तित्वबारे चर्चा गर्नुभयो । इतिहासकार ओम प्रसाद धौभडेलले कृतिबारे समिक्षा गर्नुभयो । बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले केजी बैदारको पुस्तकबाट प्राचिनकालमा बनेपा नेवार समुदायको बसोबास भएको शहर रहेको पुष्टि गरेको भन्दै इतिहासमा रुची राख्नेका लागि पुस्तक महत्वपूर्ण भएको दाबी गर्नुभयो ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले लेखक बैदारको प्रयासलाई बनेपालीले गौरव गर्नुपर्ने भन्दै इतिहास र संस्कृतिको जगेर्नामा नगरपालिकाले सधैं सहयोग प्रतिबद्धता जनाउनुभयो ।
इतिहासकार ओम प्रसाद धौभडेलले पुस्तकले बनेपाबारे थाहा नभएका कतिपय इतिहास उजागर गरेको भन्दै प्रशंसा गर्नुभयो । लेखक बैदारले बनेपासँग जोडिएको इतिहास, संस्कृति र धर्मबारे आफ्नो अध्ययन, खोजले तयार गरेको लेखहरुको पुस्तक पुर्ण नहुन सक्ने भन्दै त्यसमा सल्लाह, सुझाव र टिप्पणी गरिदिन अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया