विद्यासागरका विद्यार्थी फरक र अब्बल


विद्यासागर ईङ्गिस सेकेण्डरी स्कूलको २९ औं अभिभावक दिवसमा कक्षा ८ का विद्यार्थीले वैदेशिक रोजगारीले रेमिट्यान्समात्रै नभएर युवाको शव समेत आउन सक्ने भन्दै गित मार्फत सचेत गराएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको उत्कृष्ट भरोसायोग्य तथा प्याब्सनको सदस्य विद्यालय रहेको विद्यासागर ईङ्गिस सेकेण्डरी स्कूलको दोश्रो चरणको अभिभावक दिवसको शनिबार विद्यार्थीले आफ्नो कला प्रर्दशन गरेका हुन् । अभिभावकलाई निक्कै भावुक बनाएको सो प्रर्दशनसँगै नेपाल आमाको महत्व दर्साउने विशेष प्रस्तुती दिएका थिए । विद्यार्थीले गिती नाटक मार्फत नेपालको महत्वको बारेमा अभिभावकलाई भावुक बनाए । कक्षा ६ देखि दशसम्मका विद्यार्थीले गित, नृत्य, नाटकमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए ,
विद्यालयका अभिभावक, विद्यार्थी, शिक्षक कर्मचारीको उपस्थितीमा विशेष उपस्थितीमा विद्यार्थीहरुले आफ्नो प्रस्तुती देखाउँदा अभिभावकले पनि भरपुर साथ दिएका थिए । विद्यार्थीहरुले नाटक, गितीकथा, कविता, नृत्य, गित मार्फत अभिभावकको स्वागत गरेका थिए ।
काभ्रेपलाञ्चोकमै फरक रुपमा आयोजना हुने बार्षिकोत्सवमा विद्यार्थीले स्वागत गर्नेशैली भने फरक हुने गरेको छ । सबै विद्यार्थीहरु अभिभावक दिवसमा कुनै न कुनै कार्यक्रममा सहभागि हुने गर्दछन् । त्यसमा उनीहरुले साथीको महत्व, आमाको महत्व, पढ्न किन आवश्यक छ । सामाजिक उत्तरदायित्व विद्यार्थीले कसरी सहयोग गर्न सक्छन् भन्ने उदाहरण विद्यार्थीले सोही अवसरम प्रस्तुती गरेका थिए । गित गाउन आवश्यक पर्ने वाद्यवाद्यन पनि विद्यार्थी स्वयंले गरेका थिए । विद्यार्थीको कार्यक्रम विद्यार्थीको स्वागत भन्ने अभियानको रुपमा सानादेखिनै ठूलासम्मका कक्षामा स्कूलले सिकाउने गरेको छ ।

तपाईको प्रतिक्रिया