
बनेपा÷प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकको पाँचौं जिल्ला अधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिको पदस्थापन शनिबार बनेपामा सम्पन्न भएको छ । केही साचाअघि भएको प्रेस सेन्टर नेपाल काभ्रेको पाचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा निर्वाचित कार्यसमितिले बनेपामा पदस्थापन गरेको हो ।
अधिवेशनले उपाध्यक्ष सुरज श्रेष्ठ, महिला उपाध्यक्ष मायालु तामाङ, सचिवमा चित्रप्रसाद घिमिरे ( हरिहर), सह–सचिव (खुल्ला) मा प्रशान्त बञ्जारा, सहसचिव (समावेशी) विजय जिम्बा र कोषाध्यक्ष मोतिलाल मोक्तान र सदस्यमा सन्तोष बजगाई र जीवन घिसिङ निर्वाचित भएका थिए ।
केन्द्रीय प्रतिनिधीमा राज्यलक्ष्मी श्रेष्ठ, रामकृष्ण बन्जारा, बसन्तकुमार श्रेष्ठ, कुमार गौतम र प्रदेश प्रतिनिधिमा रोजन तामाङ, अञ्जली तामाङ, नवराज अधिकारी, जीवन खड्गी, गङगा दोङ निर्वाचित भएका थिए ।
पदस्थापन कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य रुकु चौलगाई, पुर्व सांसद तेज बहादुर मिजार,पूर्व सांसद गंगाबहादुर दोङ बागमती प्रदेश सभा सदस्य पुर्व मन्त्री रत्न प्रसाद ढकाल, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ), तेमाल गाउँपालिका उपाध्यक्ष डिएम लामा, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, प्रेस सेन्टर नेपालको केन्द्रिय उपाध्यक्ष एवं संगठनको बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का, सचिवद्धय डिल बहादुर थोकर ग्याम्जो, सुनिल खड्का, सह कोषाध्यक्ष बुद्ध लोप्चन, केन्द्रिय सदस्य पेमा लामा संघर्ष, माओवादी केन्द्रका जिल्ला संयोजक भोला प्रसाद अर्याल, सचिव दैवलाल घिसिङ अनुशिल, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बिनोद कुमार न्यौपाने, प्रेस युनियन अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल अध्यक्ष केदार तिमल्सिना, फोटो पत्रकार महासंघ अध्यक्ष केशवराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
प्रेस सेन्टर काभ्रेपलाञ्चोकको पदस्थापना
2025-02-08T20:21:15+05:45

तपाईको प्रतिक्रिया