जिल्लाको उत्कृष्ट शैक्षिक गन्तव्य काभ्रे इङ्गलिस माध्यमिक विद्यालय पनौतीको २६ औं बार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । विद्यालयका अभिभावक, विद्यार्थी, संचालक सदस्य, पत्रकारको उपस्थितीमा काभे्रको उत्कृष्ट शैक्षिक गन्तव्य काभ्रे इङ्गलिस माध्यमिक विद्यालय पनौतीको २६ औं बार्षिकोत्सव भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।

बार्षिकोत्सवमा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । विद्यालयले ब्यवहारीक शिक्षासँगै प्रयोगात्मक र अतिरिक्त कृयाकलापमा संलग्न भई सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । हरेक विद्यार्थी कुनै न कुनै साँस्कृतिक कार्यक्रममा सहभागी मात्रै भएका थिएनन् अधिक मनोरञ्जन समेत प्रदान गरेका थिए ।

विद्यालय संचालक समितिका अध्यक्ष जगन्नाथ अवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक सदस्यहरु बालभक्त प्रधान, शान्तिराज कायस्थ, रामशरण लुईटेल, भुवनकाजी मानन्धर, ईन्द्रबहादुर श्रेष्ठको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल बसन्तराज नेपालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरी शैक्षिक गतिविधि तथा आगामी योजना प्रस्तुत गर्नुभयो । विद्यार्थी प्रतिनिधि विनिता घिमिरे, अभिभावक, शिक्षक नितामाया थोकर, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले विद्यालयले शैक्षिक विकासमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । एसएलसीमा पटक पटक बोर्ड आउन सफल विद्यालयले निरन्तर रुपमा एसईइमा पनि उत्कृष्ट नजिता ल्याउने गरेको छ । बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले ५० वटा भन्दा धेरै कृयाकलाप प्रस्तुत गर्नुभयो ।

कक्षा ११ र १२ का विद्यार्थी सहभागि खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । २०८० को कक्षागत उत्कृष्ट विद्यार्थी, अनुशासित, सरसफाई विद्याका सर्वाेत्कृष्ट विद्यार्थी, वर्षकै जेहेन्दार र नियम विद्यालय आउने विद्यार्थी सम्मान गरिएको छ । बार्षिकोत्सव कार्यक्रममा प्रिन्सिपल चोईस अवार्ड, उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी सम्मान, दीर्घसेवा पदले सम्मान गरियो ।
काभ्रे मावि पनौती उत्कृष्ट विद्यालयको उत्कृष्ट बार्षिकोत्सव
2025-02-07T21:44:17+05:45

तपाईको प्रतिक्रिया