बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको उत्कृष्ट भरोसायोग्य तथा प्याब्सनको सदस्य विद्यालय रहेको विद्यासागर ईङ्गिस सेकेण्डरी स्कूलको पहिलो चरणको अभिभावक दिवस शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ ।
विद्यालयका अभिभावक, विद्यार्थी, शिक्षक कर्मचारीको उपस्थितीमा विशेष उपस्थितीमा कक्षा नर्सरीदेखि पाँचसम्मका विद्यार्थीहरुले आफ्नो प्रस्तुती देखाएका थिए । विद्यार्थीहरुले नाटक, गितीकथा, कविता, नृत्य, गित मार्फत अभिभावकको स्वागत गरेका थिए ।
काभ्रेपलाञ्चोकमै फरक रुपमा आयोजना हुने बार्षिकोत्सवमा विद्यार्थीले स्वागत गर्नेशैली भने फरक हुने गरेको छ । सबै विद्यार्थीहरु अभिभावक दिवसमा कुनै न कुनै कार्यक्रममा सहभागि हुने गर्दछन् । त्यसमा उनीहरुले साथीको महत्व, आमाको महत्व, पढ्न किन आवश्यक छ । सामाजिक उत्तरदायित्व विद्यार्थीले कसरी सहयोग गर्न सक्छन् भन्ने उदाहरण विद्यार्थीले सोही अवसरम प्रस्तुती गरेका थिए । गित गाउन आवश्यक पर्ने वाद्यवाद्यन पनि विद्यार्थी स्वयंले गरेका थिए । विद्यार्थीको कार्यक्रम विद्यार्थीको स्वागत भन्ने अभियानको रुपमा सानादेखिनै ठूलासम्मका कक्षामा स्कूलले सिकाउने गरेको छ ।
कक्षा एकका विद्यार्थीले गित मार्फत आमाको महत्वको बारेमा अभिभावकलाई जानकारी गराएका थिए । उनीहरुले आमाले आफ्ना छोराछोरीलाई कसरी भगवान हुन्छन् भन्ने बारेमा जानकारी गराएका थिए । फरकशैली,सोचको कारणले विद्या सागर काभ्रेमा विशिष्ट पहिचान बोकेको विद्यालयमा पर्ने गरेको छ ।
विद्यासागरका विद्यार्थीले अभिभावकलाई सिकाए आमाको महत्व
2025-02-07T21:16:27+05:45

तपाईको प्रतिक्रिया