
अब पनि केयूलाई नजोगाउने हो भने यसले ठूलो मूल्य चुकाउने अवस्था आउन सक्छ नेपाल पत्रकार महासंघ काभ्रेको आयोजनामा भएको अन्तरकृयामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जूले भन्नुभयो ।
बिना प्रतिस्पर्धा कर्मचारी भर्तीको केन्द्र बनाउने, अस्पतालसँग अनावश्वक विवाद सृजना गर्ने र बार्षिक ४३ करोड रुपियाँको घाटा बजेट सिनेट बैठकमा पेस गर्ने काम गरेर केयूको नेतृत्वले असक्षमताको प्रर्दशन गरिसकेको उहाँले उल्लेख गर्नुभयो ।
स्थानीयले काठमाडौं विश्वविद्यालयलाई कठिन परिस्थितीमा दिएको साथ विश्वविद्यालयले भुल्दै गएको उहाँले स्पष्ट पार्नुभयो । काठमाडौं विश्वविद्यालयमा अहिले विकृति मौलाएको र विश्वविद्यालय आफैंको पुनः इन्जिनियरिङ गर्नुपर्ने अवस्था आएको भन्दै ध्यानाकर्षण गराउनुभयो ।
उहाँले विश्वविद्यालयले पनि समुदायको लागि काम गर्नुपर्छ । अहिले हामीले देखिरहेका छा,ैं विश्वविद्यालय समुदायसँग सम्लग्ग्न हुनुपर्यो भने टाढिन्छ सिनेट बैठकमा ४३ करोड घाटा बजेट पेस भएपनि मासिक लाखौं तलब खाने दर्जनौ कर्मचारी नियुक्त गरिएको उहाँले भन्नुभयो । केयूको सिनेट सदस्य रहनु भएको उहाँले ६५ दशमलव ३६ प्रतिशत मात्रै विद्यार्थी भर्ना भएको र विश्वविद्यालय आफैं आर्जन गर्नसक्ने अवस्थामा नभएको स्पष्ट पार्नुभयो । उहाँले विभिन्न निकायबाट प्राप्त करोडौं बजेट फ्रिज भएको सो अवसरमा जानकारी गराउनुभयो ।
विद्यार्थी के कारण र कसका कारणले उपलब्ध हुन सकेनन् त्यसको उत्तर खोजौं उहाँले थप खुलासा गर्नुभयो,विश्वविद्यालयमा कमजोरी धेरै छ । सुधार्नुपर्छ ।
त्यसका लागि हाम्रो चासो हुनुपर्छ । अवकाश भएको कर्मचारीलाइ १ लाख ३६ हजार तलव खुवाएर नियुक्ति गरिन्छ । विश्वविद्यालय ग्राण्ड डिजाइनबाट चल्न खोजिरहेको छ । विश्व विद्यालयको बारेमा बोल्यो की मुख थुनिन्छ ।
कर्मचारीमाथी श्रमशोषण छ । परिक्षा नै नदिएका विद्यार्थी कसरी ग्र्याजुएटभए, यस्तो विकृति अन्त्य हुनैपर्छ । ऐन, नियम अनुसार विश्वविद्यालय किन सञ्चालन हुँदैन, प्रश्न यो हो । पारदर्शीता कायम हुन सकेको छैन । भ्रष्टाचार धेरै छ । पहिला राम्रो गरेको नाममा अहिले जे पनि गर्न विश्वविद्यालयलाई छुट छैन । नतावाद अन्त्य हुनुपर्छ । विश्वविद्यालयको पुर्नसंरचना अहिलेको आवश्यकता हो । देशकै धरोहर विगार्नु हुँदैन ।
हिजोको योगदान हिजोको राम्रो काम बेचेर अहिले समाजलाई अन्धकारमा राख्ने कोसिस सह्य हुँदेन । दरबन्दी लिष्टमा नभएका १८ जनालाई कसरी जागिर दिइयो ? । हरेक अनियमिताको खोजि गरौं, विश्वविद्यालयलाई राम्रो बनाउन सबै लागौं व्याञ्जूले भन्नुभयो ।

तपाईको प्रतिक्रिया