
समृद्ध काभ्रेपलाञ्चोक निर्माणमा काठमाडौं विश्व विद्यालय (केयू)ले कस्तो भुमिका निर्वाह गर्न सक्छ भन्ने बारेमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले बृहत छलफल कार्यक्रमको आयोजना गरेको छ ।
नागरिक समाजको नेतृत्वदायी संस्था भएको हिसाबले काभ्रेको समृद्धिमा केयूले खेल्ने भुमिकाको बारेमा पत्रकार महासंघको प्रयास निक्कै सह्रानिय रहेको कार्यक्रमका वक्ताहरुले उल्लेख गर्नुभयो ।
काभ्रे सेवा समाजका पूर्व अध्यक्ष केशव थापाले समृद्ध काभ्रेपलाञ्चोक निर्माणमा काठमाडौं विश्व विद्यालय (केयू)ले कस्तो भुमिका निर्वाह गर्न आवश्यक रहेको छ भनेर कार्यपत्र पेस गर्नुभएको थियो । सोही कार्यपत्रको आधारमा वक्ताहरुले आफ्नो धारणा सार्वजनिक गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद गोकुलप्रसाद बाँस्कोटाले केयूले काभ्रेको शैक्षिक गुणस्तर उकास्न भुमिका खेलेको नदेखिएको बताउनुभयो । कार्यपत्रमा नै स्पष्ट रुपमा सो कुरा उल्लेख भएको बताउँदै काभ्रेपलाञ्चोक जिल्लामा नै चार लाख जनसंख्या रहेको र युवाको संख्या अधिक रहेको सन्र्दभमा काभ्रेले नै केयूलाई विद्यार्थी उपलब्ध गराउन सक्ने बताउनुभयोे ।
स्वार्थको रोटी सेकाउन खोज्ने र विश्वविद्यालयले कर्पाेरेट कल्चर भित्राउन खोज्दा समस्या देखिएको उहाँले बताउनुभयो । केयूले कर्पाेरेट ल्याउन नहुने बताउँदै यो प्राज्ञिक थलो भएको र आविष्कार उन्ननयको क्षेत्रमा काम गर्ने थलोको रुपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
विश्वविद्यालयले दक्ष जनशक्ती उत्पादन गरेको जनशक्ती स्वदेशमा किन अडिन सकेनन् भन्ने कुराको खोजि हुन आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो ।
स्थापनादेखि नै विश्वविद्यालय समुदायसँग टाढा बनेको उहाँले स्पष्ट पार्नुभयो । यहाँको जनतासँग टाढिएर यहाँ जनतासँग भएको सन्धी सम्झौता उल्लघंन गरेको स्मरण गराउनुभयो । केयौं प्रजातान्त्रिक मूल्य र मान्यतालाई विश्वविद्यालयले नमान्दै स्ववियु निर्वाचनलाई समेत स्वीकार नगरेको दृष्टान्त सुनाउनुभयो । विश्वविद्यालयको विकासका लागि हामीले धेरै कुरा सहेका थियौ ।
स्थापित हुन लागेको विश्वविद्यालयलाई अघि बढाउन दिनुपर्छ भनेर हामीले धेरै कुरामा चुप लागेर बसेका पनि हौ । तर अब विश्वविद्यालय आफ्नो खुट्टामा उभिएको छ । अस्पतालसँग विश्वविद्यालयको विवाद किन आयो असक्षम नेतृत्वको कारणले आयो । मनोपोली भएपछि आयो अब बोल्ने समय आएको छ । नेतृत्व कस्तो आउनु पर्छ भन्नेमा हाम्रो ध्यान हैन तर अहिले देखिएको विवाद समाधान गर्ने खालको नेतृत्व आउन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । यो आवज ठिक ठाउँमा पुगेको छ । यो संस्था काभ्रेमा भएपछि त्यसबाट अपेक्षा हुनु स्वभाविक हो ।
विश्वविद्यालय सार्वजनिक जग्गा लिन चाहदैन खरिदमा मात्रै ध्यान दिन्छ किनन त्यसको उत्तर आम समुदायले थाहा पाउनु पर्छ की पर्दैन उहाँले प्रश्न गर्नुभयो । हामी जग्गा दिन सक्छौ किन त्यसो गर्न सक्दैन विश्वविद्यालयले । हामी संस्था फुटाएर हैन जुटाएर अघि बढाउन चाहन्छौ उहाँले भन्नुभयो ।
केयूले कर्पाेरेट कल्चर भित्राउन खोज्यो : बाँस्कोटा
2025-02-05T18:47:53+05:45

तपाईको प्रतिक्रिया