निजामती कर्मचारी संगठनमा नयाँ नेतृत्व


बनेपा÷नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति काभ्रेपलान्चोकको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल, सचिव राजन भुर्तेल लगायतले मन्तव्य राखेका थिए ।
अधिवेशनले गायत्रीरमण घिमिरेको अध्यक्षमा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्ष पुरुषोत्तम हँुमागाई, महिला उपाध्यक्ष सपना ओली, सचिव राम प्रसाद पाण्डे, सह–सचिव परशुराम बन्जारा, कोषाध्यक्ष महेन्द्र रावत चयन भएका छन् । सदस्यहरुमा लिलानाथ सापकोटा, मनिका गुरुङ,पुर्ण ब. बुढाथोकी,रमा श्रेष्ठ,अर्जुन ढकाल, सुबास गौतम,नमुना गौतम,प्रतिमा कटुवाल,दिनेश सत्याल,दिपेन्द्र सिं धामी, सबिता बराल, सुरेश लामा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया