बनेपा । काभ्रेपलाञ्चोक तथा आसपासका जिल्लाका विद्यार्थीका लागि शैक्षिक परामर्श सहितको विदेश जाने सम्पुर्ण कुराहरु सुपर लाईफ एजुकेशनल कन्सल्टेन्सीले गर्ने भएको छ ।
पछिल्लो समय उच्चशिक्षा हासिल गर्न नेपालबाट विभिन्न देश जान चाहने काभ्रे तथा आसपासका क्षेत्रका विद्यार्थीको मागलाई ध्यानमा राखेर बनेपामा सुपर लाईफ एजुकेशनल कन्सल्टेन्सी स्थापना गरिएको छ ।
सरस्वती पूजाको अवसर पारेर आज सोमबार कन्सल्टेन्सीको उद्घाटन गरिएको हो । काभ्रेपलाञ्चोकको बनेपा चण्डेश्वरी मार्ग जाने बाटोमा रहेको यो कन्सल्टेन्सीले अष्ट्रेलिया, जापान, बेलायत, न्यूजिल्याण्ड, क्यानडा,अमेरिका, कोरिया लगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाउने जनाएको छ। उच्च शिक्षा अध्ययनका लागि बिभिन्न देशहरुमा जान चाहने विद्यार्थीलाई लक्षित गरी परीक्षाका तयारी कक्षा तथा अभिमुखीकरण तालिम समेत प्रदान गरिने कन्सल्टेन्सीका सन्चालक सुशील थापाले उल्लेख गर्नुभयो ।
सुपर लाईफ एजुकेशनल कन्सल्टेन्सीले विद्यार्थीका आवश्यकता, सफलता र सन्तुष्टिलाई सुनिश्चित गर्दै अनुभवी र प्रमाणित सल्लाहकारहरूद्वारा उत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षाको लागि विद्यार्थीहरूलाई गुणस्तरीय सेवाहरू सुनिश्चित हुने थापाले स्पष्ट पार्नुभयो ।
शुसिल थापा, राकेश लामा र रुपकजंग रायमाझीले संयुक्त रुपमा सो एजुकेशनल कन्सल्टेन्सी स्थापना गर्नुभएको हो ।
विदेश जाने हो, त्यसो हो भने बनेपाको सुपर लाईफलाई रोज्नुस्
2025-02-03T20:40:45+05:45
तपाईको प्रतिक्रिया