बनेपा बुडोलमा खुल्यो, अंकुर प्रि स्कूल

भुकम्प प्रतिरोधी, काठमाडौं र भक्तपुरकै जस्तो गुणस्तरीय प्रि स्कूलको खोजिमा रहनु भएका अभिभावकहरुको मागलाई ध्यानमा राखेर बनेपामा अंकुर प्रि स्कुलको शुभारम्भ गरिएको छ ।
काठमाडौ विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा सोमबारबाट स्कूलको विधिवत रुपमा सुभारम्भ गरिएको हो । डा.शर्माले काभ्रेमा यस्ता राम्रा स्कूल स्थापनाले शैक्षिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष भेषराज शाहले ढुक्क भएर आफ्ना बालबालिकालाई आफ्नो विद्यालयमा भर्ना गर्न र सेवा गर्ने मौका दिन अनुरोध गर्नुभयो । उहाँले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरको चिन्ता नगर्न अनुरोध गर्नुुभयो । बनेपा नगरपालिका ६ बुडोलमा शुभारम्भ गरिएको विद्यालय सरस्वती पुजाको अवसर पारी शुभारम्भ गरिएको हो । गुणस्तरीय शिक्षा तथा ब्यवहारीक ज्ञान उपलब्ध गराउँदै बालमैत्री शिक्षा उपलब्ध गराउने गरी उक्त विद्यालय शुरु गरिएको अध्यक्ष शाहले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य डा.सन्तोष गौतम, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले बालमैत्री ब्यवहार र शिक्षा प्रदानगर्नु पर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिकाको उपप्रमुख बिमला सापकोेटा, शिक्षासेवी रामप्रसाद अधिकारी लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया