जिल्लाको खानीखोला गाउँपालिका-४ स्थित फुलडाँडामा खुशी समाज युवा क्लवद्धारा आयोजित ‘चौथो HSYC ल्होछार कप- २०८१’ को उपधी खानीखोला-१ नम्वर वडाले जितेको छ । आयोजक खुशी समाजलाई १-० ले पराजित गर्दै उपाधी हात पारेको हो ।
प्रतिस्पर्धात्कम खेलमा आयोजक खुशी समाज उपविजेतामै सिमित हुदाँ ल्होछार कप प्रतियोगितामा खानीखोलाको वडा नम्बर ६ तेस्रो भएको छ ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’छिन्ताङ’ले ल्होछार कपलाई नियमित संस्करणको रुपमा स्थापित हुने गरि गाउँपालिकाले आगामी वर्षदेखि आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत गरे । उनले भने, ‘खुशी समाज युवा क्लवले आयोजना गर्दै आएको ल्होछार कपलाई नियमित संस्करणको रुपमा स्थापित हुने गरि आगामी वर्षदेखि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’
तामाङ सामुदायको धार्मिक तथा सांस्कृतिक पर्व २८६१ औं सा पुख्रि / डुक ल्हो (सर्प वर्ष) को सोनाम ल्होछारको अवसरमा ‘स्वास्थ र परिवर्तनको लागि खेल, सभ्य समाज निर्माणका लागि हाम्रो मेल’ भन्ने संस्थाको मुल नारासहित ‘चौथो HSYC ल्होछार कप’ क्लवको खेलमैदानमा भएको थियो ।
क्लवको सचिव एवं खेल संयोजक गणेश थिङका अनुसार ल्होछार कपको प्रथम, द्धितीय र तृतीय हुने टिमले नगद पुरस्कार क्रमश: रु. ३५ हजार, १८ हजार) र १० हजार रुपैयाँ सहित शिल्ड (कप), मेडलसँगै प्रमाणपत्र प्राप्त गरेका छन ।
क्लवको सल्लाहकार तथा टिम कोच भरत लामाले पालिकाकै सक्रिय क्लवको रुपमा रहेको खुशी समाजले प्रतियोगिताका उत्कृष्ट खेलाडी, बढी गोलकर्ता र उत्कृष्ट किप्परलाई समेत सम्मान गरिएको बताए । लामाले खुशी समाजकै सुजन मोक्तन बेष्ट गोल किपर र धेरै गोल गर्ने खेलाडी (स्कोरार) श्री मगरसँगै बेष्ट खेलाडी भने खानीखोला वडा नम्बर १ को आशिष जंगमलाई पुरस्कारसहित सम्मान गरेको जानकारी दिए ।
ल्होछार कप प्रतियोगिता फिफाको नाइन ए (9A side) को लिग अनुसार खेलाइएको हो । क्लवको ‘HSYC ल्होछार कप’को पाँचौ संस्करण पुरस्कार राशी बढाएर २८६२ औं ल्होछारमा गर्ने आयोजकले जनाइएको छ ।
तपाईको प्रतिक्रिया