बनेपा÷मुख्य हिउँदमै यो बर्ष आगलागीका घटना देखिन थालेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले खानीखोला गाउँपालिका वडा नं १ थामलेखस्थित महाभारत सामुदायिक वनमा डढेलो लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय चौकीका प्रमुख रामसागर महतोको टोली सम्बन्धित स्थानमा पुगेको जनाएको छ । भिरमा लागेको आगो तत्काल निभाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डडेलो नियन्त्रणमा अधिकतम् प्रयास भएको छ ।
त्यस्तै भुम्लु गाउँपालिका वडा नं ४ चौवासको धारपानी सामुदायिक वन क्षेत्रमा मंगलबारदेखि अनियन्त्रित रुपमा लागेको डढेलो लागेको सूचना नै जारी गरेको छ । आगो नियन्त्रणमा सहयोग गर्न वडा कार्यालयले सबैसँग अनुरोध गरेको छ ।
खानीखोलाको थामलेख र भुम्लुको धारापानीमा डढेलो
2025-01-22T21:00:06+05:45
तपाईको प्रतिक्रिया