समृद्ध काभ्रेपलाञ्चोकको सपना पुरा गर्दै बाँस्कोटा हिगुवापाटी नगरकोट सडकका लागि २५ करोड सुनिश्चित

धुलिखेल । कसमृद्ध काभ्रेपलाञ्चोकको सपना बोकेर जनताको अमूल्य मतले विजयी हुनु भएको संघीय सांसद पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अर्काे सपना पुरा गराउने चरणमा पुग्नु भएको छ । हगुवापाटी नगरकोटका लागि २५ करोड सुनिश्चित भएसँगै उहाँले जनतासँग गरेको बाचा पुरा गर्ने चणरमा पुग्नु भएको हो ।
निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम रणनीतिक सडक अन्तरगत नगरकोट हिगवापाटी खण्डको कामका लागि आईतबार अर्थमन्त्रालयवाट करिव २५ करोडको स्रोत सुनिचितता स्वीकृत भएको उहाँले सामाजिक संञ्जाल फेसबुकमा साझा गर्नुभएको छ ।
म्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीकै अघिल्लो सरकारले आरम्भ गरेको काम उहाँकै कार्यकालमा सम्पन्न हुने भएकोमा उहाँले खुसी व्यक्त गर्नुभएको छ । अर्थमन्त्री बिष्णु पौडल समेत सरकार र सबैलाई उहाँले धन्यवाद दिदै नाल्दुम देउपुरबासी सबैलाई बधाई दिनु भएको छ ।

तपाईको प्रतिक्रिया