माओवादी केन्द्र महाभारत अध्यक्षमा मीन बहादुर सर्वसम्मत चयन

नेकपा (माओवादी केन्द्र) महाभारत गाँउपालिकाको दोस्रो अधिबेशनको बन्द सत्र बाट मीन बहादुर वाईबाको अध्यक्षतामा ४१ जनाको समिति सर्वसम्मत चयन गरिएको छ । शनिबार सम्पन्न अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षहरुमा अमर बहादुर अस्तानी मगर, रमेश कुमार लुङ्गेली मगर र रविन मोक्तन रहेकाछन ।
सचीवमा जोग बहादुर घलान, सह सचिब विशाल मोक्तान र
कोष्ध्याक्ष असली लामा सर्वसम्मत चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया