महाभारत गाउँ कमिटीको दोस्रो सम्मेलनमा उर्लियो माओवादी


महाभारत – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र महाभारत गाउँपालिका कमिटीको दोस्रो अधिबेशन तथा खबरदारी सभा शनिबार सम्पन्न भएको छ । माओवादीको आधार ईलाकाको रुपमा रहेको सो गाउँपालिकाको अधिबेशनमा माओवादीको समर्थक र कार्यकर्ता कार्यक्रम हेर्न उर्लिएका छन् । माओवादी केन्द्र गाउँ कमिटी अध्यक्ष कान्छालाल जिम्बाको अध्यक्षतामा पुर्व अर्थमन्त्री बर्षमान पुनको प्रमुख आथित्यमा भएको थियो । सभामा पुर्व राज्य मन्त्री प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ लालध्वज, बागमती प्रदेशको पुर्व मन्त्री प्रदेश सभा सदस्य रत्न प्रसाद ढकाल, माओवादी केन्द्र बागमती प्रदेश सचिब इन्द्र बहादुर थिङ छिन्ताङ लगायतको नेताहरुले सम्बोधन गरेका थिए । सभामा गाउँपालिका भित्र १ नं वडा देखि ७ न वडाका माओवादी केन्द्रको प्रतिनिधिहरुको जन लहर सभामा उपस्थिति थियो । सभामा माओवादीले आफ्नो शक्ति प्रदर्शन जस्तै गरेको देखिन्थ्यो ।

तपाईको प्रतिक्रिया