
काम नगर्ने भनेर सासुले गाली गरेको भन्दै मण्डनदेउपुर नगरपालिका वडा नं १ गैरीगाउँ घिसिङटोलमा ज्वाईले सासुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
मंसिर ३० गते आफ्नै घरको भान्साको मझेरीमा मृत अवस्थामा फेला पर्नुभएको ५२ बर्षको तीनमायाँ तामाङको हत्यामा उहाँकै ज्वाई मण्डनदेउपुर नगरपालिका वडा नं २ का २८ बर्षको सुकबहादुर तामाङ भएको खुलेको हो । प्रहरीले आईतबार हत्यारालाई सार्वजनिक गर्दै सासुलाई मुक्का प्रहार गरेको, थाममा लगेर टाउको ठोक्काएको बयान दिएका छन् । सासुले काम नगरेको भन्दै सधै गाली गरेको र हत्या गरेको दिनपनि गाली गरेपछि रिस सहन नसकेर मुक्का हानेको बयान दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
टाउको थाममा ठोक्काएर ज्वाईले गरे सासुको हत्या
2024-12-22T19:54:16+05:45

तपाईको प्रतिक्रिया