
एमाले मण्डनदेउपुर नगर अधिवेशनका लागि एकै दिन छानिए २१३ प्रतिनिधी छानिएका छन् । पौष ९ गते हुने दोश्रो नगर अधिवेशनका लागि एकै पटक १२ नै वडाबाट २१३ जना प्रतिनिधि छानिएको सचिव तुलसी नेपालले जानकारी दिनुभयो ।
एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले उद्घाटन गर्नुहुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष शेरबहादुर डोटेलले बताउनुभयो । उहाँले प्रतिवेदन लेखनको काम पुरा भएको र अधिवेशन सम्पन्न गर्न दिइएको जिम्मेवारी अनुसार पदाधिकारी सकृय रुपमा लागेको बताउनुभयो । पौष ९ गते मण्डनदेउपुर रिर्साेट कुन्तावेशीमा हुने अधिवेशनको सबै बडामा तयारी पुरा भएको बताउँदै मण्डनदेउपुरबासीलाई सो दिन कुन्तावेशी आउन अनुरोध गर्नुभयो । मण्डनदेउपुरमा एमालेका दुई हजारभन्दा धेरै संगठित सदस्यबाट २१३ जना प्रतिनिधि छानिएका हुन् ।
एमाले मण्डनदेउपुरको अधिवेशन एकैदिन छानिए २१३ प्रतिनिधि
2024-12-22T19:21:43+05:45

तपाईको प्रतिक्रिया