
बनेपा÷नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा रोशी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष श्रीदास लामाको निधन भएको छ । रोशीका एमालेका स्थापित नेताको रुपमा रहनु भएको उहाँको निधनप्रति नेकपा एमाले काभ्रेले शोक वक्तव्य जारी गरेको छ । एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले जारी गरेको शोक वक्तव्यमा लामा पार्टीको कुशल र जुझारु नेताको साथै अन्त्यन्तै जनप्रिय जनप्रतिनिधी रहेको उल्लेख गरिएको छ ।
उहाँको निधनले जिल्लाको कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको शोक वक्तव्यमा उल्लेख गरिएको छ । रोशी क्षेत्रमा निक्कै लोकप्रिय उहाँ लामो समयदेखि क्यान्सर रोगसँग जुधीरहनु भएको थियो । उहाँ सोही वडामा दुई पटकसम्म अत्याधिक मतले वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
जनताको काम भनेपछि मरिहत्ते गर्ने उहाँको स्वभावको कारणले उहाँलाई नागरिकले निक्कै मन पराउनुभएको थियो । त्यहाँको जनसेवकको रुपमा रहनु भएको उहाँको मृत्युको खबरले सिंगो रोशी नै शोकमा डुबेको छ । गाउँपालिकाका पूर्व अध्यक्ष डिबी लामाले एउटा असल जनसेवक र जनताको नेताको दुखत अवसान भएको सामाजिक संञ्जालमा लेख्नु भएको छ ।

तपाईको प्रतिक्रिया