महादेवस्थान÷नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटीको निर्देशन पालना गर्दै काभ्रेका १३ वटा नै स्थानीय तह पालिका अधिवेशनको तयारीमा जुटेका छन् ।
नेकपा एमाले काभ्रेले पुस मसान्तभित्र जिल्लाका १३ वटै पालिका कमिटीका अशिवेशन सम्पन्न गर्ने निर्णयलाई कार्यान्वन गर्दै स्थानीय तहमा मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ । जिल्ला अध्यक्ष राजन भुर्तेलले पुस महिना भित्र सबै पालिका कमिटीका अधिवेशन गर्ने निर्णय अनुसार अधिवेशनको मिति धमाधम तोकिएको उल्लेख गर्नुभयोे ।
जिल्लाको निर्णय कार्यान्वयन गर्दै जिल्लाको निर्णय सँगै स्थानीय कमिटीका अधिवेशनहरु घोषणा गरेर त्यसको तयारी थालेका छन् । पुसको ९ गते मंगलबार मण्डनदेउपुर नगर कमिटीको अधिवेशनको मिती तोकिएको छ । सोही अन्तरगत पुस ६ गते शनिबार एकै पटक मण्डनदेउपुरका १२ वटा नै बडाबाट प्रतिनिधि छान्ने भएको छ । करिब २ हजार एमालेका संगठित सदस्य भएको सो वडाबाट कम्तिमा ३ सय ५० जना प्रतिनिधि एकै दिन चयन हुने नगर कमिटीका सचिव तुलसी नेपालले जानकारी दिनुभयो ।
धुलिखेल नगर कमिटीको पुस १२ गते अधिवेशनको तयारी थालेको छ । त्यसका लागि विभिन्न उपसमिति बनाएर अधिवेशनलाई भव्य बनाउने तयारी गरेको अध्यक्ष दयराम महतले जानकारी दिनुभयो । महाभारत गाउँपालिकाले पुस १४ गते अधिवेशन गर्ने भएको छ । अधिवेशनको तयारी भएको र सबै वडाबाट एकै पटक प्रतिनिधि चयनको प्रकृया अघि बढेको गाउँपालिका कमिटीले जनाएको छ ।
नमोबुद्ध नगर कमिटीले पुस १९ गते अधिवेशन गर्ने भएको छ । त्यसको लागि विभिन्न उपसमिति बनाएर तयारी थालेको नगर सचिव गणेश लामाले जानकारी दिनुभयो । भुम्लु गाउँ कमिटीको पुस २० गते अधिवेशन गर्ने भएको छ । अध्यक्ष प्रेम लामाले अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । पनौती, रोशी, तेमाल, खानीखोला, बेथान्चोक, बनेपा र पाँचखाल नगर कमिटीले अधिवेशनको मिती तोक्न आन्तरिक बैठक गरिरहेका छन् ।
एमाले काभ्रेलाई अधिवेशनको चटारो, पालिकामा चुनिदै नयाँ नेतृत्व
2024-12-18T18:46:33+05:45

तपाईको प्रतिक्रिया