
बनेपा÷ काभ्रेपलाञ्चोक जिल्लाको विकट डाडाँपारिको खानीखोला गाउँपालिकामा बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । गाउँपालिकाको केन्द्र तालढुङ्गा स्वास्थ्य केन्द्रमा पौष ८ गते बृहत स्वास्थ्य शिविर हुन लागेको गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङ छिन्ताङले जानकारी दिनुभयो ।
ग्रेस नेपालको आयोजना तथा काठमाडौं मेडिकल कजेल शिक्षण अस्पताल सिनामङ्गल काठमाडौंको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो । जनरल मेडिसिन, प्रजनन तथा स्त्रीरोग, बाल रोग, शल्यक्रिया, हाड जोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त रोग, ईसिजी सेवा, भिडियो एक्सरेको सेवा उपलब्ध हुनेछ । त्यस्तै ल्याब टेष्टमा विभिन्न टेष्ट हुने छ ।
खानीखोलामा बृहत स्वास्थ्य शिविरहुँदै
2024-12-18T19:01:27+05:45

तपाईको प्रतिक्रिया