
पनौती÷काभ्रेपलाञ्चोकका तेक्वान्दो, क्युको सिंग, सितोरियो, फुटवल, एथलेटिक्स,भलिबलहुँदै हाल भेट्रान व्याडमिन्टन खेलाडी पुरुषोत्तम कर्माचार्य नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको काभ्रेको अध्यक्षमा मनोनित भएका छन् ।
एक बर्षअघि उहाँ सिनियर सिटिजन अफ द इयरबाट सम्मानित उहाँ अध्यक्षमा मनोनित भएसँगै काभ्रेपलाञ्चोक जिल्लामा खेलकुदको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौतीका स्थायी बासिन्दा कर्माचार्यलाई नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा कर्माचार्यलाई मनोनित गर्नुभएको हो ।
नवनियुक्त अध्यक्ष कर्माचार्यले काभ्रेका १३ वटा नै स्थानीय तहमा संघ विस्तार गर्ने,खेलाडीलाई प्रोत्साहन गर्ने र काभ्रेलाई खेलकुदको हव बनाउन भुमिका खेल्ने विश्वास दिलाउनुभयो ।
खेलकुद संघको जिल्ला अध्यक्षमा पुरुषोत्तम मनोनित
2024-12-17T20:25:26+05:45

तपाईको प्रतिक्रिया