बनेपा÷नेपाल कम्युनिस्ट पार्टी (एमाले) काभ्रेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बनेपामा दुव्र्यवहार भएको भन्दै हल्ला फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
जिल्ला अध्यक्ष राजन भुर्तेलले सामाजिक संञ्जालमा पार्टीको धारणा सार्वजनिक गर्नुहुँदै पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मंगलबार काभ्रेपलाञ्चोक जिल्लामा कुनै कार्यक्रम नभएको स्पष्ट पार्नुभएको छ । सामाजिक सन्जालमा फैलाइएका तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति खेद ब्यक्त गर्दै षडयन्त्रपूर्ण ढङ्गले गलत सूचना प्रवाह गर्नेहरुउपर हदैसम्मको कानूनी कार्वाहीको माग एमालेले राखेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी बसुन्धरा खड्काले मंगलबार बनेपामा प्रधानमन्त्रीको बनेपामा कुनै पनि कार्यक्रम नरहेको र प्रधानमन्त्रीलाई दुव्र्यवहार भयो भन्ने कुरामा सत्यता नभएको उल्लेख गर्नुभयो । सामाजिक संञ्जालमा आए लगत्तै केन्द्रीय अनुशन्धान व्यूरोले यस बारेमा अनुशन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति एमाले काभ्रेको ध्यानाकर्षण
2024-12-17T20:55:11+05:45

तपाईको प्रतिक्रिया