सामुदायिक साकोसमा नयाँ नेतृत्वलाई थपिएको चुनौती


सामुदायिक साकोसमा नयाँ कार्यसमितिलाई विगतमा सहकारीले हासिल गरेको ऐतिहासिक सफलतालाई जोगाईराख्ने चुनौती थपिएको छ ।
सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ बार्षिक साधारण सभा एकाई प्रतिनिधिहरुको सभा तथा पदस्थापन कार्यक्रमबाट विधिवत रुपमा नेतृत्व हस्तान्तरण भएसँगै संस्थालाई अघि बढाउन, टिकाउन र नेपालकै ठूलो सहकारी बनाउन थप मेहनत गर्ने दायित्व थपिएको हो । सहकारीमा मुकुन्द शर्माको अध्यक्षतामा नयाँ समिति बनेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा सुर्य मानन्धर,उपाध्यक्षमा भवानी थापा, सचिव पदमा सरोजकुमार तिमल्सिना र कोषाध्यक्षमा कृष्ण थापा निर्विरोध चयन हुनुभएको थियो । संचालक सदस्यहरुमा विकास पन्त, श्याम सापकोटा, रामकृष्ण घिमिरे, रामप्रसाद तिमल्सिना, रामेश्वर शर्मा वाग्ले, मदन खकुरेल, भैरवप्रसाद सेढाई, कौशलराज खड्का,महिला सदस्य संगिता खड्का, वबिता बोहोरा, देवकी आचार्य, अनिता कार्की, सुस्मिता नेपाली चुनिनु भएको छ । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा राजन श्रेष्ठ र सदस्यमा भिमप्रसाद बञ्जारा निर्विरोध चुनिएका छन् ।
काभ्रेपलाञ्चोक र काठमाडौ उपत्यका भित्रका विभिन्न १८ वटा सेवा केन्द्रहरु मार्फत ६० हजार शेयर सदस्यहरुको ६ अर्ब १४ करोडको कारोवार गरिरहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ सभा कार्तिक १५ गते शनिबार विभिन्न इकाईमा आयोजना भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवी बस्नेत संचालक सदस्य सुमन नेपाल, बागमती प्रदेश प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, काभ्रेपलाञ्चोक जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष निर्मला श्रेष्ठ, सल्लाहकारहरु, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया