
काभ्रे वन पैदावर उद्योग ब्यवसायी संघको नऔ बार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनमा सहभागी हुनुभएको बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाललाई आफ्नो समस्याको बारेमा जानकारी गराउनु भएको छ ।
जिल्ला अध्यक्ष प्रेमबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष दिनेशराज रेग्मी, महासचिव माधवमणी हुमागाई, डिभिजन वन कार्यालय काभ्रेका प्रमुख कृष्णबहादुर थापा, उपत्यका अध्यक्ष तिर्थ महर्जन, बागमती प्रदेश अध्यक्ष रविन्द्र बैदार, ललितपुर अध्यक्ष राजबहादुर सिंह, सामुदायिक वन उपभोक्ता महासंघ काभ्रेका अध्यक्ष बलराम घिमिरेले आफ्नो समस्याको बारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
सो कार्यक्रमा पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले वन क्षेत्रका समस्या, उद्योगी ब्यवसायीले खेल्नु पर्ने भूमिका तथा समस्याका बारेमा धारणा राख्नु भएको थियो ।
सभामा जेष्ठ उद्यमी सदस्य जानुलक्ष्मी बैदारलाई सम्मान गरिएको थियो । अधिबेशनको बन्द सत्रले प्रेमबहादुर तामाङको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्ष यज्ञबहादुर दनुवार, उपाध्यक्ष गुरुप्रसाद तिमल्सिना, सचिव कमल तामाङ, कोषाध्यक्ष रुपेश तामाङ, सह सचिव विक्रम तिमल्सिना हुनुहुन्छ । सदस्यहरुमा कृष्णबहादुर श्रेष्ठ, निरजकुमार तामाङ, उज्वल तामाङ, दिनेश तिमल्सिना र सविन बस्नेत रहेका छन् ।
समस्या झेल्दै वन पैदावार व्यवसायी
2024-12-07T07:32:36+05:45

तपाईको प्रतिक्रिया