
बिरामीसँगै लागूऔषध बोक्ने एम्बुलेन्स चालकलाई काभे्र प्रहरीले पक्राउ गरेको छ । बिरामी बोकेर मधेश प्रदेशटबाट काठमाडौं आउँदै गरेको एम्बुलेन्सबाट काभ्रे प्रहरीले ठुलो परिमाणमा लागु औषध बरामद गरेको छ । प्रहरीले बिपी राजमार्ग मंगलटारको प्रहरी कार्यालयमा नियमित चेक जाँचका क्रममा तीन हजार थान एम्पुल लागु औषध वरामत गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेका अनुसार एम्बुलेन्स चालक धनुषा जिल्लाको धनुषाधाम नरपालिका वडा नम्बर ६ हरिपुर बस्ने ४४ वर्षिय सुरेश मिझारलाई प्रहरीले पक्राउ गरेको हो । सुनौलो–२ महोत्तरीद्धारा सञ्चालित ज १ च १९०८ नम्बरको एम्बुलेन्स महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाडौं तर्फ बिरामी लिएर आउँदै गरेको प्रहरीले जनाएको छ । सो एम्बुलेन्समा ६ वर्षिा बिरामी बालक उहाँको बुबा आमा सवार हुनुहुन्थयो । इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको ६ जनाको प्रहरी टोलीले विशेष सूचनाको आधारमा शंका लागि एम्बुलेन्स चेकजाँच गर्दा ठुलो परिमाणमा लागु औषध फेला पारेको थियो ।
एम्बुलेन्समा बिरामीसँगै ओसारिन्छन् लागू औषध
2024-12-06T20:15:36+05:45

तपाईको प्रतिक्रिया