
शब्दयात्रा प्रकाशन बनेपाले केशवराज पौडेल सहित तीन जनालाई कदरपत्रले सम्मान गरेकोे छ । शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र २०८१ ले पौडेललाई सम्मान गरेको हो ।
काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभाको रुपमा पत्रकारिताका माध्यमबाट जन्मजिल्लाको ऐतिहासिक परिचय कायम गराउन सफल हुनुभएको सम्मानपत्रमा उल्लेख गरिएको छ । पौडेलसँगै काभ्रेपलाञ्चोकका अग्रज पत्रकार प्रल्हाद शर्मा र पत्रकार कपिल कोईरालालाई कदरपत्रले सम्मान गरिएको छ ।
सम्मानित पत्रकारलाई नेपाल सँस्कृत विश्व विद्यालयका पूर्व उपकूलपति प्रा. डा कुलप्रसाद कइराला, नेपाल फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्त, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र हरिगोपाल प्रधानले संयुक्त रुपमा कदरपत्रले सम्मान गर्नुभयो ।
सोही कार्यक्रममा नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द पुस्तक, पाठकको आँखामा हरि मञ्जु श्री पुस्तिका, म जहाँ जन्मिए,त्यहीँ बसेर मर्न पाईयोस् गानको सार्वजनीककरण गरिएको थियो । समाजमा योगदान पु¥याउने, जयनारायण नेपाल, रश्मि हुँमागाई, पुण्यवती घले र अमृत अधिकारीलाई विद्धतवृत्ति सर्मपण गरिएको थियो । त्यस्तै पत्रकारिता बिषयमा काभ्रे बहुमुखी क्याम्पसमा अध्ययरत रोशनी खत्री र विकलाङ्ग भएर पनि अध्ययनमा अब्बल अनिशा खत्रीलाई छात्रवृत्ति सर्मपण गरिएको थियो ।

तपाईको प्रतिक्रिया